हावाहुरीले बागलुङ नगरपालिकामा घरगोठ तथा विद्यालयको छाना उडायो

 

२१ जेठ,बागलुङ
शुक्रबार साँझ आएको हावाहुरीले बागलुङ नगरपालिकामा एक विद्यालयसहित ८ वटा घर गोठको छाना उडाएको छ ।
हाबाहुरीका कारण बागलुङ नगरपालिका ६ मा एक विद्यालय सहित ८ घरगोठको छानो उडाएको होे ।
बागलुङ नगरपालिका ६ भान्साका टुल्की देवि सापकोटा, कमल केसी,कुल बहादुर केसी,ददिलाल उपाध्याय, तारानाथ सापकोटा,बाबुराम आचार्य,गोविन्द आचार्य,सुमन किसानको घर तथा गोठको टिनको छाना उडाउदा लाखौंको क्षति भएको स्थानीयले बताएका छन् ।

त्यस्तै बा.न.पा ६ मा रहेको आधारभुत प्राथमिक,काफलडांडाको पनि छाना उडाएको छ ।

हावाहुरीले घर गोठमा क्षति भएपछि रेडक्रस सोसाईटि जिल्ला शाखा बागलुङको सहयोगमा लहरेपिपल पञ्चकोट उपशाखाले आजै लहरेपिपलका कमल केसी र भान्साकी टुल्की देवी सापकोटाको परिवारलाई राहत स्वरुप त्रिपाल हस्तान्तरण गरेको छ  ।                      धवलागिरि टाईम्स बाट

WRITE COMMENTS FOR THIS ARTICLE