सिन्धुपाल्चोकका बाढी प्रभावितलाई अभिनेत्री करिश्माको सहयोग

Karishma Manandhar Phone Number, Contact Address, House Address, Email Id

 

 

 

सिन्धुपाल्चोकका बाढी प्रभावितको लागि अभिनेत्री करिश्मा मानन्धरले एक लाख रुपैयाँ सहयोगको दिने घोषणा गरेकी छन् । उनले उक्त सहयोग हालै अभिनेता कृष्ण मल्लको संयोजकत्वमा गठन बाढी प्रभावितको दीर्घकालिन व्यवस्थापनका समिति मार्फत दिन लगेकी हुन् । जसको जानकारी उनले सामाजिक संजाल फेसबुकमार्फत गराएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्– ‘सिन्धुपाल्चोकको सहयोगको लागि हिजो भएको मिटिङ अनुसार आदरणीय दाइ कृष्ण मल्लको संयोजनमा १० गते सबै कलाकारहरुको तर्फबाट आ–आफुले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गरिने निधो भएकोले सम्पूर्ण कलाकार साथीहरूलाई यो जानकारी गराए ।

अहिले कोरोनाको माहामारीको यो अवस्थामा यो नै सुरक्षित उपाय हो । साथै उठेको रकमले कमसेकम उहाँहरुलाई वर्षाको यो मौसममा ओत लाग्ने छानोको व्यवस्था हुन सकोस् । मेरो तर्फबाट रु एक लाख (१०००००) उपलब्ध गराउने जानकारी गराउन चाहान्छु ।’ करिश्माले सकेको सहयोग गर्न समेत सबैलाई अनुरोध गरेकी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE