सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

 

कोभिड नियन्त्रणमा ३७ अर्ब ५३ करोड बजेट

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ।चालुतर्फ संघले ६ खर्ब ७८ अर्ब ६१ करोड खर्च गर्ने छ। पुँजीगततर्फ संघले ३ खर्ब ४७ अर्ब २६ करोड खर्च गर्नेछ।

प्रदेश/स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ छुट्याइएको छ।

अर्थमन्त्री बिष्णु पौडेलले सिंहदरबारमा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।संसद विघटनपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो।

शिक्षामा सबैभन्दा धेरै बजेट

सरकारले शिक्षा क्षेत्रमा सबैभन्दा धेरै बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थि वर्ष २०७८/७९ को आर्थिक बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा सबै भन्दा धेरै बजेट बिनियोजन गरेका हुन् । अर्थमन्त्री पौडेलले शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छन् ।

शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ ।जसअनुसार एक विद्यालयमा एक स्वास्थयकर्मी,सबै विद्यार्थीको स्वास्थ्य जाँच,शैक्षिक पूर्वाधार र विश्वविद्यालयलाई दिने बजेटसमेत समेटिएको छ ।

कोभिड नियन्त्रणमा ३७ अर्ब ५३ करोड बजेट

सरकारले कोभिड नियन्त्रणका लागि पहिलेको भन्दा धेरै बजेट विनियोजन गरेको छ । यस क्षेत्रका लागि सरकारले ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त बजेट बिनियोजन गरेका हुन् । अर्थमन्त्री पौडेलले खोपका लागि मात्र २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले १२ अर्ब बजेट विनियोज गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्धारा शनिबार आगामी २०७८७९ को अध्यादेशमार्फत प्रस्तुत गरेको आर्थिक बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको जनाएका छन् ।

यस कार्यक्रम अन्तर्गत नेपालमा रहेका बेरोजगार युवाहरुलाई कम्तिमा १०० दिन रोजगार दिने कार्यक्रम अन्तर्गत सरकारले बजेट बिनियोजन गरेको हो ।

अहिले स्थानीय तहहरूका रोजगार सूचना केन्द्रमा सूचीकृत भएका बेरोजगार युवाको संख्या ७ लाख ५३ हजार भन्दा बढी छन् । तर यो वर्ष छुट्याएको बजेटले युवामा निराशा छाएको थियो । यसको सही सदुपयोग गर्न सके मात्रै यसको सपना साकार हुने देखिन्छ ।

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार

सरकारले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै जेष्ठ नागरिकको मासिक भत्ता चार हजार बनाएको जनाएका छन् ।

माजिक सुरक्षा भत्ताका लागि रु.१ अरब छुट्याइएको जनाएका छन् । अर्थमन्त्री पौडेलले सबै सामाजिक भत्तामा ३३ प्रतिशत बृद्धि गरिएको जनाएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE