संसद पुनर्स्थापनाको माग गर्दै सर्बोच्चमा २४ वटा रिट दर्ता
काठमाडौं ।
प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्बोच्च अदालतमा २४ रिट दर्ता भएका छन्। दर्ता भएका रिटमध्ये १५ वटा सामान्य इजलासमा र ९ वटा संवैधानिक इजलासमा दर्ता भएका छन् । सामान्य इजलासमा रिट दर्ता गर्दा पाँच सय रूपैयाँ लाग्छ भने संवैधानिक इजलासमा पाँच हजार लाग्छ।
ती १५ रिटको सुरूमा एकल न्यायाधीशको इजलासमा पर्छन्। र संवैधानिक इजलासमा लैजान पर्ने भएमा रिट संवैधानिक इजलासमा पुग्छन् नपर्ने त्यत्तिमै सिमित हुन्छन् तर संवैधानिक इजलासमा दर्ता भएका रिटहरु सिधै प्रधानन्यायाधीशसहित पाँच जना सदस्य रहने संवैधानिक इजलासमा वहस हुने गर्छन् । यीनी २४ रिटहरु शुक्रबारदेखि नै परेका थिए। यस्तै विपक्षी पाँच दलका १४६ सांसदसहितले सर्बोच्चमा रिट आल्दैछन् । रिटको प्रकृया मंगलबार मात्रै पुरा हुने जनाइएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE