संघीयता र धर्म निरपेक्षताबारे गहन बहस गरिनु पर्ने एमाले नेता बस्नेतको प्रस्ताव

संघीयता र धर्म निरपेक्षताका बारेमा समिक्षा गरिनु पर्ने बारेमा नेकपा एमालेको केन्द्रीय कमिटीमा आवाज उठेको छ । शनिबार बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयता र धर्म निरपेक्षताका बारेमा पार्टी भित्र गहन बहस गरिनु पर्ने बेला आएको भन्दै यस बारेमा समिक्षा गरिर्नु पर्ने प्रस्ताव अगाडी सारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य बस्नेतले गम्भिर भएर मुलुकको पहिचान घोषणा गर्न पनि माग गरेका छन् ।
बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपमा जानुपर्ने र दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् ।पार्टीमा पनि अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकाल भन्दा बढी दोहोरिन नपाउने व्यवस्था गर्नुपर्ने, पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा ४० प्रतिशत युवा सुनिश्चित गर्नुपर्ने प्रस्ताव पेश गरेका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE