शीर्ष नेताका कारण : जसपा फूटको संघारमा

 

 

काठमाडौं ।

शीर्ष नेताबीच बड्दै गएको दुरीका कारण जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आपसमा समझदारी बन्न नसक्दा पार्टी विभाजनतिर उन्मुख भएको छ । आइतबार पार्टीका दुबै अध्यक्ष ठाकुर यादवबीच वार्ता भए पनि सहमतिको विन्दु पहिल्याउन नसक्दा पार्टी विभाजनको दिशातिर गइरहेको एक नेताले बताए ।

वार्ताका क्रममा गत शुक्रबार अध्यक्ष ठाकुरले प्रधानमन्त्रीको केपी शर्मा ओलीको निर्देशनमा आफ्ना सांसदहरुलाई भक्तपुरको रिसोर्ट लएर राखेकोप्रति यादवले असन्तुष्टिको आवाज निकालेपछि विवाद झनै चर्किन पुगेको पार्टी स्रोतको दाबी छ ।यस्तै जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुन्ने प्रकृयाको पनि यादव पक्षले असन्तुष्टि जनाएको छ ।

यसरी पार्टीको दुई पष्क्षको विवाद बढ्दै जाँदा पार्टीका मध्यमागी नेताहरुले दुबै पक्षलाई मिलाउने प्रयत्न गरिहेको जनाइएको छ । पार्टीका कार्यकारिणी सदस्यहरु गंगा श्रेष्ठ, शरदसिंह भण्डारी, मोहम्मद ईस्तियाक राईलगायतका नेताहरु विवाद समाधानका लागि सक्रिय भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE