शशांक कोइराला, निधि र सिंहको आपसी छलफलले कांग्रेसभित्र नयाँ तरंग
काठमाडौँ – नेपाली कांग्रेसका तीन नेताहरु शशांक कोइराला, विलेन्द्र निधि र प्रकाशमान सिंहले आफू मिलेर अघि बढ्ने आधार तयार हुँदै आएको बताएका छन्।
आसन्न १४औँ महाधिवेशन मिलेर जाने विषयमा दोस्रोपटक शुक्रबार छलफल गरेका तीन नेताले वातावरण सकारात्मक हुँदै गएको बताएका छन्।
कांग्रेसमा सभापति शेरबहादुर देउवाले नेतृत्वमा फेरि आकांक्षा देखाए पनि उनकै टिममा रहेका निधिले आफू पनि सभापतिका लागि प्रस्पिर्धा गर्ने घोषणा गरेका छन्, भने बाँकी दुई नेताले पनि नेतृत्वको दौडमा रहेको संकेत दिएका छन्।
महाराजगञ्जस्थित महामन्त्री कोइरालाको निवासमा भएको छलफलपछि नेताहरुले एउटै टिम बनाएर अघि बढ्ने विषयमा प्रगति भएको दाबी गरेका छन्।
पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले भने, ‘हाम्रो पहल सकारात्मक दिशातिर गइरहेको छ। अहिले नै सबै कुरा फाइनल हुँदैन। समय क्रमसँगै हामी निष्कर्षमा पुग्छौँ।’
उपसभापति निधिले पनि आफूहरुको छलफलले मात्रै पनि कार्यकर्तामा उत्साह ल्याएको दाबी गरेका छन्। कांग्रेसका संस्थापक नेताहरुका छोराहरुसमेत रहेका कोइराला, निधि र सिंहको आपसी छलफलले मात्रै पनि कांग्रेसभित्र नयाँ तरंग ल्याएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE