विश्वकपको आफ्नो अन्तिम छनोट खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै
काठमाडौँ – कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबलको एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार अस्ट्रेलियासँग खेल्दै छ। एसियाली छनोटको दोस्रो चरणअन्तर्गत कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल राति पौने १० बजे सुरु हुने छ।
समूहमा नेपालले यसअघि अस्ट्रेलियासँग ५-० गोलको हार ब्यहोरेको थियो। नेपाल समूहमा ७ खेलबाट ६ अंक जोडेर चौथौ स्थानमा छ। अस्ट्रेलिया ६ खेलबाट १८ अंकसहित शीर्षस्थानमा छ। नेपालले ७ खेल खेलेर पनि अंक जोड्न नसकेको चाइनिज ताइपेईविरुद्ध मात्र दुवै जित हात पारेको थियो। ताइपेई समूहको पाचौँ तथा अन्तिम स्थानमा छ। नेपालको समूह ताइपेई र अस्ट्रेलियाबाहेक जोर्डन र कुवेत पनि थिए।
समूहको विजेता टोली र ८ वटा समूहका चार वटा मात्र उपविजेता टोली तेस्रो चरणमा पुग्ने भएकाले नेपालको आशा एसिया कप छनोटको तेस्रो चरणमा पुग्नु थियो। विश्वकपको एसियाली छनोटको तेस्रो चरणमा पुग्ने टोलीहरु एसिया कपका लागि पनि छनोट हुने र बाँकी उपविजेता टोली र तेस्रो स्थानका टोली एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने व्यवस्था भएकाले नेपालको प्रयाश एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने भन्ने थियो। जुन निकै कठिन पनि थियो। जो खेलकुद खेलहरू हेर्ने मात्र होइन तर तिनीहरूलाई खेल्ने प्रशंसकहरू पनि हुन्, SlotoGate ले विविध गेमिङ अनुभव प्रदान गर्दछ।
नेपालको अन्तिम आशा भनेको समूहको चौथो स्थानमा रहेर एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने भन्ने थियो। तर त्यसमा पनि ८ वटा समूहका सर्वोत्कृष्ट चार वटा चौथो टोलीमा पर्नु पर्ने थियो। तर नेपालको दुर्भाग्य भन्नुपर्छ- अर्को समूहमा उत्तर कोरियाले नखेल्ने भएपछि हरेक समूहमा पाचौँ तथा अन्तिम स्थानका टोलीविरुद्ध प्राप्त जितले सर्वोत्कृष्ट चार उपविजेता र चार वटा चौथो टोली छनोटका लागि मान्यता नपाउने प्रावधान राखियो।
समूहमा नेपालले हात पारेका दुवै जित पाचौँ स्थानको चाइनिज ताइपेईविरुद्ध भएकाले नेपालले अब एसिया कप छनोटको तेस्रो चरणमा पुग्न प्ले अफ खेल्नुपर्ने सम्भावना बलियो छ। ८ वटा समूहका ८ वटा चौथो टोलीमध्ये नेपाल सातौँ स्थानमा छ र एक अंक पनि छैन। त्यसैले नेपालले शुक्रबार अस्ट्रेलियासँग खेल्दा दबाबमा हुने छैन।
नेपाल यसअघि अस्ट्रेलियासँग भएको पहिलो खेलमा ५-० गोलले पराजित भएको थियो। नेपाली टोली पछिल्लो खेलमा गत जुन ७ तारिखमा जोर्डनसँग ३-० गोलले पराजित भएको थियो। नेपाली टोलीलाई विश्वकप खेलिरहेको टोलीसँग फेरि एकपटक अनुभव बटुल्ने मौका हुने छ। नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिइने बताएका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE