राष्ट्रपति भण्डारीसँग पौने तीन घन्टा वार्ता गरेर फर्किए नेता नेपाल
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब पौने तीन घन्टा शीतलनिवासमा वार्ता गरेर पूर्वप्रधानमन्त्री तथा वरिष्ठ एमाले नेता माधवकुमार नेपाल बिहीबार राति कोटेश्वर फर्केका छन्।
कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेता नेपालले साँझ १९:२५ बजेदेखि राति २२:१० बजेसम्म राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।
बदलिँदो राजनीतिक घटनाक्रमबीच नेता नेपाल राष्ट्रपति भण्डारीसँग भेट्न शीतल निवास पुगेका हुन्।
यसअघि बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरुबीच भेटवार्ता भएको बुझिएको छ। जेठ ६ गतेका लागि निर्धारित राष्ट्रिय सभा निर्वाचनका लागि बन्ने समीकरण र वैशाख २७ गते प्रधानमन्त्रीले संसदमा लिन लागेको विश्वासको मतको सन्दर्भलगायतका विषयहरुमा नेता नेपाल र राष्ट्रपति भण्डारीबीच बातचित भएको बुझिएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE