राष्ट्रपतिले दिएको समयभित्रै देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

 

 

 

 

काठमाडौँ– कांग्रेसका प्रभावशाली नेताहरुको बैठकले आफ्नै नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरेको छ।

मंगलबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयभित्र सरकार गठन गर्ने निर्णय गरेको हो।

सहमहामन्त्री प्रकाशशरण महतले माओवादीसहित, एमालेको माधव नेपाल पक्ष र सिंगै जसपाको साथ लिएर सरकार गठन गर्ने निर्णय भएको जानकारी दिए।

सरकार गठन गर्ने विषयमा जसपाभित्र विवाद छ नि भन्ने प्रश्नमा नेता महतले भने, ‘पर्सी ९ बजेसम्मको अवधि बाँकी छ। परिस्थिति परिवर्तन हुन सक्छ। जसपा आउने प्रशस्त संभावना छ, माओवादी आइसकेको छ। नेपाल पक्षको पनि सहयोग लिन्छौँ।’

राष्ट्रपति विद्यादेवि भण्डारीबाट दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न सोमबार बेलुका तीन दिनको समय दिएर आह्वान भएको छ। सरकार गठन गर्न कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव पक्षले आन्तरिक र द्विपक्षीय छलफल तीव्र बनाएको छ।

कांग्रेसले सभापति देउवालाई प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि सारेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE