राष्ट्रपतिको कदम विरुद्ध पोखरामा नेविसंघको मसाल जुलुस
पोखरा, ८ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा गरेको संसद् विघटनको विरुद्धमा पोखरामा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मसाल जुलुस निकालेको छ
राष्ट्रपतिले नेपाली जनताको धज्जी उडाउदैँ संविद्यान विपरीत कदम चालेको भन्दै नेविसंघ कास्कीले पोखरा महानगरपालिकाको कार्यालय अगाडी मसाल जुलुस प्रर्दसनी गरेको हो ।
उक्त जुलुसमा नेविसंघ केन्द्रिय वर्तमान सदस्य सरोज केसी,भानु ढकाल, नेपाल दलित विद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष गोविन्द नेपाली, नेविसंघ कास्कीका पुर्वअध्यक्ष विकास गुरुङ लगायतको सहभागिता रहेको थियो । नेविसंघले राष्ट्रपति विरुद्ध नारावाजी समेत गरेका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE