राजासहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउन अधयक्ष राणाको आग्रह

 

 

काठमाडौँ ।

दलहरुले विगतमा गरेका गल्ती सचयाएर प्रजातान्त्रिक मोडलअनुसार राजासहितको प्रजातन्त्रमा जान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर जबराले दलहरुलाई आग्रह गरेका छन् ।

प्रजातन्त्रको नाममा राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको धज्जी उडाएको भन्दै विश्वमा सफल राजासहितको प्रजातन्त्रको मोडल अनुसरण गरेर विगतको गल्ती सच्याउनु पर्ने अध्यक्ष राणले बताएका छन् ।

‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ। दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रुपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनःपुष्टि गरेको भन्दै विगतमा भएका गल्ती ,कमजोरीलाई सचयाउँदै अगाडी बढ्नु पर्ने अधयक्ष राणाले बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा धारणा सार्वजनिक गर्दै उनले निर्वाचन प्रकृया प्रजातान्त्रिक अभ्यास भएको भए पनि सत्ता लम्ब्याउनका लागि महामारीको अवस्थामा नागरिकको ज्यान जोखिममा पार्नु अमानवीयता भएको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE