मेलम्चीका बाढिपीडितलाई विश्व हिन्दू परिषद नेपालको सहयोग

समग्र देश कोरोना महामारी प्रकोपसँग जुधिरहेकै अवस्थामा मेलम्चीबासी प्राकृतिक प्रकोपका कारण थप संकटमा परेको छ । पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ । मेलम्ची नदीमा मिति २०७८ असार १ गते (१५ जून २०२१), मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौ परिवार बेघर भएको छ । बाढीले ठुलो जनधनको क्षती भएको छ । यस प्राकृति आपताका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ, समर्पणले संयुक्तरूपमा राहत एवं उद्यार कार्य शुरु गरेको छ । विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ समर्पणका संयुक्त राहत टोलीले शनिबार मेलम्चीका बाढिपीडितलाई सहयोग एवं राहत स्वरुप निम्न सामग्रीहरु उपलब्ध गराएको छ ।

1. थाल 100 पिस

2. गिलास 100 पिस

3. कटोरा 100 पिस

4. फ्राईपिन ५ पिस

5. कम्बल 100 पिस

6. प्रेसर कुकर २५ पिस

7. त्रिपाल 122 पिस

8. ग्याँस चुलहा 48 पिस

9 छुलहा पाइप 48 पिस

10 डिनर प्लेट 72 पिस

11 थरमस 48 पिस

12 कराई ८ पिस

13. रासन प्याकेट 200 पिस

रासन सामाग्रीहरु प्रति प्याकेट

1. चामल १० किलो

2. दाल २ किलो

3. तेल १ लिटर

4. चना २ किलो

5. सोयाबिन २०० ग्राम

6. चिउरा २ केजि

7. नुन १ पाकेट

8. बेसार १ पाकेट

9. मिक्स मसला १ प्याकेट

10. खुर्सानी १ प्याकेट

11. चाउचाउ १० प्याकेट

14. मच्छर धुप

आगामी चरणहरुमा थप सहयोग सामग्री उपलब्ध गराउन प्रयास गरिने विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमारले बताउनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE