महेन्द्रको हत्या किन र कसरी ? आखिर त्यो हत्याको पाप वीरेन्द्रले वेहोर्नु पर्यो- रेवतीरमण सूवेदी

 

 

रेवतीरमण सूवेदी

नेपालको ईतिहासमा राजा महेन्द्रको हत्या किन र कसरी भन्ने सन्दर्भमा आजसम्म प्रमाणिक पाठ्यक्रम उपलब्ध नहुनु दुर्भाग्यपुर्ण अध्याय भईरहेको छ । वि.सं २०२८ देखि ०७८ , पचास वर्ष आधा दशक भईसकेको छ । राजा वीरेन्द्रको वंश विनाश भुटान बन्न तयार नभएर र नेपालमा भारतीयहरुलाई विना रोकटोक नागरिकता दिन अवरोध पुर्याएका करण भन्ने त अब प्रमाणिक पाठ्यक्रम उपलब्ध हुन थालेका छन । तर नेपाल चीन सिमा क्षेत्रमा गाडिएका भारतीय सेनाका १७ वटा क्याम्पलाई उखेलेर भारतको भन्दा उत्तम प्रजातन्त्र दिन लागेकाले राजा महेन्द्रको हत्या भएको थियो भन्ने प्रष्ट प्रमाण उपलब्ध हुंदा हुंदै पनि पाठ्यक्रम बन्न भने पाईरहेको छैन । यो ईतिहास लुकाईएको षडयन्त्रपुर्ण छ ।
भएको के थियो भने चिनियां क्रान्तिका नायक अध्यक्ष माओत्सेतुङ संग भेट पछि राजा महेन्द्र आमुल रुपमा परिवर्तन भएक थिए । भेटका बखत ( जम्मा दुई पटक ) माओत्सेतुङ्ले महेन्द्रलाई नेपलका छातिमा गाडिएका १८ वटा भारतीय सेनाका क्याम्प तिर औंल्याउंदै ‘नेपालको राजा नभएर भारतको एउटा प्रान्तको मुख्यमन्त्री जस्तो भयौ ‘ भनेका थिए । उनको यस्तो भनाईबाट राजा महेन्द्र नराम्रो संग झस्किएका थिए । होसहवास उडेको थियो । सातो गएको थियो । वौरिएर होस सम्हालेर आमुल परिवर्तन भएर कोदारी राजमार्ग लिएर नेपाल फर्किए । यो वि.स. २०२४ सालको कुरा हो ।

27Th Of September 1967. Peking. Mao Tse Toung And King Mahendra Of Nepal : News Photo

 

भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको विशेष अनुरोधमा ( नेहरुको चिठी सुरक्षित छ ) एउटा ‘कालापनी’ वाहेक दार्चुला देखि ताप्लेजुङ सम्म गाडिएका भारतीय सेनाक १७ वटा क्याम्प उखेली त्यसवखत छुटेको ‘कालापानी’ पछि माधव कुमार लगायत शेरवहादुरहरुले वेचेर खाएका ( राष्ट्रघात ) अव त प्राईमरि -स्कूल सम्म पाठ्यक्रम पुगिसकेकै छ । राजा महेन्द्रका लागि ती भारतीय सैनिक क्याम्पहरु न उखेले माओत्सेतुङ समक्ष लज्जित हुनुपरेको विषय अन्त्य हुने थिएन ।

त्यसपछि उनले पूर्ण प्रजातन्त्र दिएर विश्व राजनीतिक मंचमा आफ्नो शाख कायम राख्ने निर्णय लिए । त्यसका लागि निर्वासनमा गएका वि.पी. लाई देश फर्काउनु आवश्यक थियो । सुवर्ण शम्शेर , सुर्यप्रसाद उपाध्यायलाई प्रधानमन्त्री भएर वि.पी. लाई देश भित्र्याउन भने । तर नेहरुको डरले सुवर्ण र उपाध्यायले आंट गरेनन । १३ भदौ २०२८ साल गृह , कानुन र न्यायमन्त्री रहेका शम्भु प्रसाद ज्ञवाली लाई वि.पी. भित्रिने संविधानको मस्यौदा तयार गर्न अह्राय । ‘ वालिग मताधिकारको प्रतिनिधि सभा र स्थानीय निकायलाइ वढी भन्दा वढी स्वायत्तता ‘ दिने हो भने वि.पी. देशभित्र आउने महेन्द्रलाई पुरा विश्वास थियो । त्यो भए नभएको राम्ररी अध्ययन गर्न वीरेन्द्रलाई अह्राउ पराउ गरेर लामै छुट्टी लिई चितवनको दियालो वंगलामा गए ।

१५ माघ २०२८ साल तुलक्ष्ही गिरि, विश्वबन्धु थापा, सूर्यवहादुर थापा लगायत क्याविनेटलाई दियालो वंगलामै वोलाए । ‘ वालिग मताधिकार प्रतिनिधी सभा ‘ भनेपछि तुलक्ष्ही गिरि, विश्वबन्धु थापा, सूर्यवहादुर थापाहरु उफ्रिए । राती १२ वजेसम्म सहमति हुन सकेन । १६ गते सुरु भईसकेको थियो । अन्त्यमा राजा महेन्द्रले वैठक टुङ्ग्याउंदै भने – ‘ तिमीहरु आजै राजधानी फर्क । म भोलि आएर क्याविनेट बाट विधी पुर्याएर नयां संविधान जारी गर्छु । ‘

 

 

राजा महेन्द्रको त्यो घोषणा एक प्रकारले पंचायतको अन्त्य थियो । तर अन्त्य महेन्द्रको भयो । महेन्द्रको त्यो भोलि कहिल्यै आएन,१७ माघ २०२८ विहान चार वजे ह्रदयघात बाट मृत्यू भएको समाचार प्रशारण भयो । वेलुका ६ वजेसम्म ( १४ घण्टा ) मा मृत शरीर पुरै हरियो भईसकेको थियो । काभ्रेका रापस चन्द्रिका खरेलले लास कसरी हरियो भयो ? प्रश्न गर्दा सांपले टोकेर भन्ने जवाफ दिईएको गृष्मवहादुर देवकोटाको ‘ नेपाल दर्पण ‘ मा अभिलेख छ । हत्याको त्यो भन्दा टड्कारो प्रमाण अरु के हुन सक्छ ?

राजधानीमा राजा भएका वीरेन्द्रले १४ घण्टामा लास के कारणले त्यसरी हरियो भयो ? भनेर उच्चस्तरीय छानविन गराएका भए त्यतिखेर नै हत्यारा औंल्याउन सकिन्थ्यो । आखिर त्यो हत्याको पाप कालान्तरमा राजा वीरेन्द्रले नै वेहोर्नु पर्यो ।

 

(लेखक श्री सूवेदीजी बरिष्ठ लेखक , बरिष्ठ पत्रकार एवं अथक राजनीतिक योद्दा हुनुहुन्छ )

 

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE