महन्थ ठाकुरको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको विवादमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरको रिटमा आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको सुनुवाईपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि साउन १५ गतेका लागि पेशी तोकेको हो ।

जसपाको आधिकारिकताका लागि बहुमत कार्यकारी सदस्यको टाउको गन्ने निर्वाचन आयोगको निर्णय विरुद्ध अध्यक्ष ठाकुरले सर्वोच्चमा रीट दायर गर्नुभएको थियो ।

सर्वोच्चको यो आदेशसंगै निर्वाचन आयोगले बहुमत कार्यकारिणी समितिको परीक्षण गर्न पाउने छ । आयोगले जसपाको ५१ जना कार्यकारिणी सदस्यलाई सोमबार नागरिकतासहित आायोगमा उपस्थित हुन भनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE