मन्त्रिपरिषद्को बैठकद्वारा राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ ।

शनिबार मध्यान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।

प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले बजेट सार्वजनिक गर्न लागेको हो । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अध्यादेशबाट बजेट ल्याउन लागिएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE