भोलिदेखि काठमाडौँमा सार्वजनिक सवारी चल्न दिने सहमति

 

काठमाडौँ– काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने तर सार्वजनिक सवारी साधनहरु जोरबिजोर आधारमा सञ्चालन गर्न दिने सहमति भएको छ। यद्यपि यसबारे औपचारिक निर्णय आज हुने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि सोमबार सकिँदैछ। काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा रहेको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा भने केही खुकुलो छ।

जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चलाउन दिने भन्नेबारे छलफल भएको तर यसबारे निर्णय भने भइनसकेको प्रजिअ निरौलाले जानकारी दिए।

यद्यपि यातायात व्यवसायीहरुले भने यसमा असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरुले जोरबिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिँदा यात्रुको चाप बढेर संक्रमण झन् बढ्नसक्ने भन्दै सबै खाले गाडी चल्न दिन आग्रह गरिरहेका छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE