बानेश्वरमा मल्टिप्लेक्स हल निर्माण गर्दै दीपक र दीपा

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले राजधानीमा एउटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने भएका छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक घरमा उनीहरुले दुईवटा पर्दा सहितको हल निर्माण गरिरहेका छन् । जसको काम अहिले धमाधम भइरहेको दीपकराज गिरीले बताए ।
करिब ९ करोड अनुमानित लागतमा उनीहरुले हल निर्माण गर्न लागेका हुन् । दशैँसम्म सक्ने लक्ष्यका साथ निर्माण कार्य थालिएको हल चैत्रसम्ममा सकिने अनुमान गरिएको छ । ‘केही हल बन्द भएकाले सबैतिर हल बन्द भएको नेगेटिभ समाचार फैलिरहेको छ’ दीपकले भने, ‘सकारात्मक सन्देश पनि जाने र चलचित्रकर्मी भएको हिसाबले आफुले जानेको पेसा पनि यहि भएकोले हलमा लगानी गरिएको हो ।’ घरमा र टिभीमा फिल्म हेरेको भन्दा हलमा हेरेको आनन्द बेग्लै हुने भएकोले हलमा चलचित्र हेर्ने संस्कृतिलाई जिवितै राख्न समेत आफुले हललाई प्रथामिकता दिएको दीपकले सुनाए ।
कोरोनाका कारण फिल्म हल धमाधम बन्द भइरहेको अवस्थामा दीपक दीपाको समूहले निर्माण गरेको हलले व्यवसायीमा भने सकारात्मक सन्देश दिएको छ । दीपक दीपाको समूहले केही अगाडि ‘छ माया छ पक्कै’ नामक फिल्म निर्माण गरेका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE