‘फ्री तिब्बत’ बैठकमा सहभागी मियाँ पनि ओली मन्त्रिपरिषद्‌मा

 

काठमाडौँ–संसद सदस्यका रुपमा सभामुख र पार्टीको पूर्व अनुमतिबिना ‘फ्री तिब्बत’ अभियानमा सहभागी भएका एकवाल मियाँ जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट केपी शर्मा ओली मन्त्रिपरिषद्‌मा सामेल भएका छन्।

गत वर्ष जनता पार्टीका प्रतिनिधि सभा सांसद मियाँ र समाजवादी पार्टीका प्रदीप यादव ‘इनटरनेशनल नेटवर्क अफ पार्लियामेन्टारियनस’ द्धारा आयोजित ‘फ्री तिब्बत’ अभियानमा माग लिन लात्भिया गएका थिए।

त्यो घटना लगत्तै चीनले विरोध जनाएपछि सभामुख कृष्ण बहादुर महराको निर्देशनमा संसद सचिवालयले छानवीन गरेको थियो। र, सम्बन्धित दलहरुले उनीहरु विरुद्ध अनुशासनात्मक कारवाही गरेको थियो।

परराष्ट्र मन्त्रालयले कार्यक्रममा उनीहरुको सहभागितामा लादाँ नेपालको ‘एक चीन नीति’ विरुद्ध भएको भन्दै चीनलाई आश्वस्त गर्ने कोशिस गरेको थियो।
संयोग ती सांशदहरुको आचरणको निन्दा गरेका दुवै पार्टीका लक्ष्मणलाल कर्ण र उमाशंकर अरगरिया पनि ओली मन्त्रीपरिषदमा सामेल गरिएका छन्, मियासँगै।

WRITE COMMENTS FOR THIS ARTICLE