प्रधानमन्त्री शेरबहादुरले मनपरी गरे गठबन्धनबाट बाहिरिने जनमोर्चा नेपालको चेतावनी

चित्रबहादुर केसी भन्छन्न्,संघीयता असफल भइसक्यो, जनमोर्चाको एजेण्डा भर्खर  बुझ्दैछन् - Candles Khabar

काठमाडौँ ।

राष्ट्रिय जनमोर्चा नेपालले सरकारले यस्तै हर्कत जारी राखे गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा आफ्नो धारणा राख्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले मनपरी गर्न थालेको भन्दै यस्तै रहे आफूहरु गठबन्धनबाट बाहिरिने चेतावनी दिएका हुन् ।

पछिल्लो समयमा प्रधानमन्त्रीले गठबन्धनका अनय दलसँग सल्लाह नगरी मनपरी गर्न थालेको भन्दै अध्यक्ष केसीले मनपरी नरोकिए गठबन्धनमा नरहने चेतावनी प्रधानमन्त्री देउवालाई दिएका हुन्।

पछिल्लो समयमा प्रधानमन्त्री देउवाले गठबन्धनसँग सल्लाह नगरी आफूखुशी स्वास्थ्य राज्यमन्त्रीमा स्कुल तथा अस्पताल सञ्चालक उमेश श्रेष्ठलाई नियुक्त गरेपछि सामाजिक संचालमा देउवाको आलोचना भइरहेकै बेला जनमोर्चाले पनि गठबन्धनबाट बाहिरिने चेतावनी दिएको हो ।

अध्यक्ष केसीले सरकारको ध्यान कोरोना महामारी रोकथाममा लाग्नुपर्ने बेला एमसीसी कसरी पास गर्ने भन्नेतिर सरकार बढी तल्लिन भएको पाइएको भन्दै सरकारको आलोचना गरे । राजयमन्त्री श्रेष्ठको नियुक्तिप्रति गठबन्धनका अन्य दल र स्वयं कांग्रेसकै नेताहरुले पनि असन्तुष्टि पोखेका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE