प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत जित्ने लगभग पक्का
काठमाडाैँ – विश्वासको मत जित्ने लगभग पक्का भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्।
अपरान्ह ४ बजे बस्ने बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने कांग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिइन्।
देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपति कार्यालयमा १४९ जना सांसदले हस्ताक्षर पेश गरेका थिए भने सर्वाेच्च अदालतमा दायर भएको रिटमा १४६ जना सांसदले हस्ताक्षर बुझाएका थिए।
गएको असार २८ गते सर्वाेच्चको आदेशबाट संसद पुनःस्थापना भइ सोही आदेश अनुसार देउवाले असार २९ गते मंगलबार प्रधानमन्त्रीको शपथ लिएका थिए।
संवैधानिक व्यवस्था अनुसार देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनेका देउवालाई विश्वासको मतका लागि १३६ सांसदको समर्थन चाहिन्छ।
एमालेकाे माधवकुमार नेपाल समूह बाहेक देउवासँग कांग्रेसका ६१, माओवादीका सभामुख बाहेक ४८, जसपाका १२ र जनमाेर्चाका १ गरी १२२ जना सांसदकाे साथ प्रष्ट छ। त्यसमा जसपाकाे उपेन्द्र यादव समूहमा ६ जना सांसद थपिएकाे दाबी गरिएकाे छ।
यसाे भएपछि देउवाकाे समर्थनमा माधवकुमार नेपाल समूह बाहेकका १२८ सांसदकाे समर्थन जुट्छ। अपुग संख्या माधव समूहले पूर्ति गर्ने पक्का भएपछि देउवाले आजै विश्वासकाे मत लिने निर्णय लिएकाे श्राेतले जनाएकाे छ।
धारा ७६ काे उपधारा ५ बमाेजिमकाे सरकार गठनका लागि सांसदहरु स्वतन्त्र हुने भएकाले दलीय ह्वीप नलाग्ने व्याख्या सर्वाेच्चले गरिसकेकाे छ। मतदानकै आधारमा सांसदहरुलाई कारबाही गर्न नमिल्ने पनि सर्वाेच्चकाे फैसलामा उल्लेख छ।
आज ४ बजे बस्ने पहिलाे बैठकमा संसद अधिवेशन सम्बन्धी राष्ट्रपतिकाे पत्र पढेर सुनाइने छ। त्यसपछि दलका तर्फबाट नेताहरुले बाेल्न चाहेमा समय दिने तयारी सभामुखले गरेका छन्।
त्यसपछि पहिलाे बैठक सकिने र लगत्तै दाेस्राे बैठक सुरु हुने छ। दाेस्राे बैठकमा देउवाले विश्वासकाे मत लिने छन्।
विश्वासको मत जितेको अवस्थामा देउवा नेतृत्वको सरकारले डेढ वर्ष सरकार चलाउने छ र चुनाव गर्ने छ।
विश्वासको मत नपाएमा संसद विघटन भइ देउवा नेतृत्वको चुनावी सरकारले आउँदो माघसम्ममा चुनाव गराउनु पर्ने संवैधानिक जिम्मेवारी पाउने छ।
WRITE COMMENTS FOR THIS ARTICLE