प्रधानमन्त्री देउवाले पाए विश्वासको मत : पक्षमा १६५, विपक्षमा ८३ मत

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। प्रतिनिधिसभामा भएको मतदनमा देउवाले २७१ सांसदमध्ये १६५ जनाको मत पाएका छन्।
विपक्षमा ८३ मत र तटस्थमा एक मत परेको छ।
मतदानमा २४९ जना सांसद उपस्थित थिए।
असार २९ गते सर्वोच्चको आदेशअनुसार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिएका हुन्।
देउवाको पक्षमा कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले मतदान गरेका छन् भने एमालेको माधव नेपाल पक्ष एवं ओली खेमामा खुल्दै आएका आठ जना सांसदले समेत देउवालाई विश्वासको मत दिएका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE