पुर्वप्रधानमन्त्री ओलीको हदबन्दीभन्दा बढी जग्गा जफत

काठमाडौँ । पुर्वप्रधानमन्त्री केपी शर्मा आलीको आफ्नै नेतृत्वमा सरकार चलाएको समयमा सरकारी रकमबाट जालझेल गरि खरिद गरेको जग्गालाई सरकारले जफत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले केपी शर्मा ओली ट्रष्ट्र नामक संस्थाको नाममा रहेको जग्गा मध्ये ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याउने निर्णय गर्दै सम्बन्धित सरकारी निकायमा पत्र पठाएको छ ।
केपी शर्मा ओली ट्रष्ट्रको नाममा हदबन्दीभन्दा बढी जग्गा खरिद गरेपछि सरकारले हदबन्दीभन्दा बढी देखिएको जग्गा सरकारी करण गरेको हो । सो निर्णय भूमि व्यवस्था मन्त्रालयमार्फत सम्बिन्धित मालपोत कार्यालयमा पठाएको छ । २०७८ असार २१ ग्तेको निर्णय अनुसार ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको हो । तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री पद्मा अर्यालले हदबन्दीभन्दा बढी जग्गालाई सो ट्रष्टमा राख्न दिएको थियो । नेपालको विद्यमान कानुन अनुसार पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा आफ्नो स्वामित्वमा खरिद गर्न पाइदैन । तर उद्योग तथा प्रतिष्ठानहरूले आवश्यक कारण देखाएमा हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउँने व्यवस्था गरिएको छ ।
तर व्यवस्था अनुसार हदबन्दीभन्दा बढी जग्गा खरिदकालागि पनि लागि मन्त्रिपरिषद्वारा निर्णय गराउनु पर्छ । ओली नेतृत्व सरकारले मन्त्रिपरिषद्वारा निर्णय नै नगरी सिधै हदबन्दीभन्दा बढी जग्गा केपी शर्मा ओली ट्रष्ट्र नामक संस्थाको नाममा जग्गा राखेको थियो । मन्त्रिपरिषद्को निर्णय विना उक्त ट्रस्टले आफ्नो नाममा १ सय ४३ रोपनी १४ आना १ पैसा जग्गा खरिद गरेको छ । ओली ट्रष्ट्रको नाममा अब ७४ रोपनी मात्र जग्गा रहेको छ । तेह्रथुममा मुख्य कार्यालय रहेको भनिएको ओली ट्रस्टकी अध्यक्ष ओलीकै पत्नी राधिका शाक्य रहेकीछिन् ।
WRITE COMMENTS FOR THIS ARTICLE