नेपाल सरकार र चीनको सिईनोफार्मसँग खोप सम्झौता : असार २४ देखि चरणबद्ध खोप ल्याईने

भेरोसेल' नेपाल आइपुग्यो - kaligandaki Khabar

काठमाडौँ- सरकारले कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्तिमार्फत सिनोफार्मसँग भेरोसेल खरिदका लागि सम्झौता भएको शुक्रबार बेलुकी जानकारी गराएका हुन्।

खोपको आपूर्ति असार २४ बाट साप्ताहिक रुपमा हुने जानकारी पनि प्रवक्ता डा. पौडेलले गराएका छन्। सरकारले यसअघि भएको सहमतिअनुसार सिनोफार्मसँग ४० लाख डोज भेरोसेल ल्याउने सम्झौता भएको छ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउनेछ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

यही असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा प्रदान गरिँदैछ । हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ भने आजसम्म जनसंख्याको २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत) ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले (३ प्रतिशत) ले दोस्रो मात्रा कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

यद्यपि खरिद मूल्यबारे खुलाइएको छैन। चीनसँग मूल्य नखुलाउने सहमति भएको एक उच्च अधिकारीले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE