नेपाल पक्षका सांसदलाईसमेत संसदमा अनिवार्य उपस्थित हुन पार्टी ह्वीप

 

 

काठमाडौँ–  नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसदहरुले राजीनामा नदिन प्रधानमन्त्री केपी ओलीका तर्फबाट आएको अनुरोधलाई अस्वीकार गरेपछि पार्टी प्रमुख सचेकतक विशाल भट्टराईले नेपाल पक्षका सांसदहरु लगायत सबै सांसदहरुलाई सोमबार संसदमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका छन्।

आइतबार साँझ ओलीका विशेष दुत विष्णु पौडेल र सुवास नेम्वाङसँग नेता माधवकुमार नेपालबीच भएको वार्ता असफल टुंगिएलगत्तै भट्टराईले ह्वीप जारी गरेका हुन्।

नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा नेता नेपाललाई बुझाएको र सोमबार सभामुख समक्ष त्यसलाई औपचारिक रुपमा पेश गर्ने तयारी गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE