नेपाल टेलिकमले १६० एमबिपीएससम्मको इन्टरनेट सेवा दिने

नेपाल टेलिकमले १६० एमबिपीएससम्मको एफटीटीएच इन्टरनेट सेवा दिने भएको छ । १०० एमबीपीएस माथि व्यान्डवीथको इन्टरनेट सेवा दिने नेपाल टेलिकम पहिलो कम्पनी बनेको छ ।

हाल कम्पनीले अधिकतम ६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ । एक महिना भित्र १६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने गरी नेटवर्क बनाउने तयारी भइरहेको टेलिकमका प्रवन्धक शोभन अधिकारीले जानकारी दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE