नेपाल–खनाल समूहले दियो ओलीलाई सोमबार साढे नौ बजेसम्मको समय

 

 

 

काठमाडौँ– नेकपा (एमाले) नेपाल–खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो समूहको माग सम्बोधनका लागि सोमबार बिहान साढे नौ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ।

आइतबार बसेको नेपाल–खनाल समूहको बैठकले सोमबार बिहान साढे नौ बजेसम्मको समयसीमा दिएको उक्त समूहका नेता योगेश भट्टराईले बैठकपछि जानकारी दिए।

उक्त समयसम्म पनि मागको सुनुवाइ नभए आफूहरु प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न नसक्ने उनले संकेत गरे।

आफूहरुका दुईवटा माग पार्टी ‘एकतापूर्व २०७५ जेठ २ को अवस्थामा फर्किने’ र ‘सहमतिका साथ अघि बढ्ने’ अवस्थामा संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफूहरु तयार रहेको उनले बताए।

उनले भने, ‘सांसदहरुलाई भोलि बिहान साढे नौ बजे संसद सचिवालयमा बोलाएका छौँ। त्यतिबेलासम्म हामी पर्खिन्छौँ। त्यसपछि निर्णय लिन्छौँ।’

WRITE COMMENTS FOR THIS ARTICLE