नेपाली सेनालाई अष्ट्रेलियाले दियो स्वास्थ्य सामग्री

काठमाडौँ – अष्ट्रेलिया सरकारले नेपाली सेनालाई कोरोना उपचारका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु
अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत आज नेपाल ल्याइएको थियो।

त्रिभूवन विमानस्थलमा एक कार्यक्रमकाबीच नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले उक्त सामग्रीहरु नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्।

हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी शर्माले मित्रराष्ट्र अष्ट्रेलियाले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यबाद प्रकट गरेका थिए

 

WRITE COMMENTS FOR THIS ARTICLE