नेपालसहितलाई फाइदा हुने गरि टी – ट्वेन्टी विश्वकपमा २० टोली पुर्‍याउने तयारी

 

 

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले टीट्वेन्टी विश्वकपमा सहभागी हुने टोलीको संख्या २० पुर्याउने तयारी गरिरहेको छ।

हाल टीट्वेन्टी विश्वकपमा १६ टोलीलाई प्रतिस्पर्धा गर्दै आएका छन्। नेपालले सन् २०१४ मा यो प्रतियोगिता खेलेको थियो। प्रतियोगितामा शानदार प्रदर्शन गरेको भन्दै नेपालले दुई वर्षका लागि टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता प्रदान गरेको थियो।

केही वर्षअघि आईसिसीले आफ्ना सबै सदस्यलाई टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिने निर्णय गरेको थियो। यसै वर्ष भारतमा हुने भनिएको विश्वकपमा भने १६ टोली नै हुनेछन्।

सन् २०२४ देखि सहभागी टोलीको संख्या २० पुर्याइने र त्यसमा पहिलो चरणमा ४/४ वटा टोलीका पाँच वटा समूह हुने क्रिकेट सम्बन्धी चर्चित वेबसाइट क्रिकइन्फोले उल्लेख गरेको छ।

हाल टीट्वेन्टी विश्वकपमा छनोट हुने नेपालजस्ता एसोसिएट तथा एफिलिएट टोलीको टुंगो क्षेत्रीय छनोट र विश्वस्तरको छनोटबाट लाग्ने गरेको छ। आईसिसीले एकदिवशीय विश्वकपमा सहभागी हुने टोलीको संख्या पनि १० बाट १४ पुर्याउने तयारी गरेको क्रिकइन्फोले जनाएको छ।

यसअघि सन् २००७ को विश्वकपमा १६ वटा, २०११ र २०१५ को विश्वकपमा १४ टोली थिए भने सन् २०१९ मा आयोजित पछिल्लो संस्करणमा सहभागी टोलीको संख्या १० मा झारिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE