नेतृत्व परिवर्तनका लागि आवश्यक परे अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताउनुभएको छ ।
शनिबार क्रियाशील सदस्य छानविन समितिले गरिरहेको कामको अवलोकन गर्न पुग्नुभएका नेता सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने उहाँको भनाइ छ ।
आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको पनि नेता पौडेलले बताउनुभयो । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार रहेको उहाँको भनाइ छ । तर, आफूले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने उहाँको तर्क थियो ।
महाधिवेशनको लागि आवश्यक आधारको रूपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्त भित्र टुंगिने विश्वास आफूले लिएको उहाँले बताउनुभयो । भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलको भनाइ छ ।
WRITE COMMENTS FOR THIS ARTICLE