नेटवर्किङको अबैधधन्दा गर्नेलाई उन्मुक्ति दिदै सरकार


काठमाडौं । विद्यमान ऐनलाई हातमा लिई पिरामिट शैलीमा नेटवर्किङ व्यवसाय चलाउदै आएका केही कम्पनीका कागजपत्र जफत गरेपनि कारबाही भने नहुने पक्कापक्कि भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट खटिएको एक टोलीले नेटवर्किङ कारोबार गरिरहेका ९ वटा कम्पनीको कागजात जफत गरेको जनाएको छ । तर विभागका माथिल्लो तहबाटै सामान्य कारबाही गरि उन्मुक्ति दिने तयारी गरेको समेत विभाग स्रोतले बताएका छन् ।

नाम गोप्य राख्ने सर्तमा विभागकै एक कर्मचारीले भने,‘नेटवर्किङ कम्पनीबाट ठगी गरिएको समाचर र उजुरी परेपछि बाध्य भएर ती कम्पनीका कागजात लिएको हो, कारबाही भने हुदैन, कोही कसैले सोधेको खण्डमा अनुसन्धानकै क्रममा रहेको भन्दै टारिन्छ, अन्त्यमा सवैले भुलेपछि सामान्य प्रकृया या जरिवान गराएर छोड्ने योजना विभागकै उच्च पदस्थ कर्मचारीबाट निर्देशन समेत भैसकेको छ, यो सवै चाडपर्व लक्षित नियमित प्रकृया हो, कारबाही हुन्छ भनेर बस्नु बेकार छ ।’

ती कर्मचारीका अनुसार आजभन्दा अघिपनि विभिन्न आरोपमा जफत भएका कागजात सहितका केही कम्पनीलाई पनि यसैगरी सामान्य जरिवाना गरेर छोडेका धेरै नजिर रहेको छ । विभागले यसरी कागजात लिएका कम्पनीमा आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, केयर माटर्स इन्टरप्राइजेज प्रालि, यु टर्न इन्टरनेसनल प्रालि, अपि लाइफ इन्टरनेसनल प्रालि र केयर नेसन इन्टरनेसनल प्रालि रहेका छन् ।

यसअघि विभागबाट खटिएको टोलीले नेचर हब्र्स इन्टरनेशल प्रालि, न्यू विवेक इन्टरप्राईजेज, हेल्दी लिभिङ नेपाल प्रालि, ग्लोबल ओरियन्स प्रालिको पनि कागजात जफत गरेको थियो । विभागको कर्मचारीले कम्पनीहरूले बिक्री गरेका वस्तुको खाता, बैंक स्टेटमेन्ट, बिक्री गर्न तयार राखिएका केही नमुनासमेत जफत गरिएकोे छ । विगतमा युनिटी, हर्बो, गोल्डक्वेस्ट लगायतले विभिन्न प्रकृतिका नेटवर्किङ व्यवसायका माध्यमबाट सर्वसाधारण लाई ठगी गर्दै आएको समुहनै अहिले नाम परिवर्तन गरेर ठगीधन्दा चलाउदै आएका छन् ।

यसमध्यै आप्mनो स्रोत नखुलेको कालाधनलाई बैद्य बनाउनकै लागि केहीले भने मिडिया क्षेत्रमा समेत लगानी गरेर आफुलाई ठगबाट मिडिया मालिक भएको परिचय पत्र बोक्न समेत भ्याएका छन् । यसरी अबैध रकमको लगानी गरेर केही महिना अघि ठूलो हल्लाखल्ला गरी हुँकार गर्दै अत्याधिक प्रविधिसहतिको ग्यालेक्सी फो के नामक नयाँ टेलिभिजन सञ्चालन गरिने भन्दै आएको थियो । सो टेलिभिजनमा नेचर हव्र्स ईन्टरनेशनल प्रालि नामक कम्पनीका मालिकको लगानी रहेको छ ।

यस अघिनै यिनै कम्पनीबाट ठगिएको भन्दै हजारौंले क्षतिपूर्तिवापत् ५ करोड रुपैयाँ माग्दै तत्कालीन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा मागदाबी सहित उजुरी पनि दिएका थिए । तर सो उजुरीलाई पनि विभागले रद्धिको टोकरीमा हालि कुनै कारबाही गरेन । नेटवर्किङ कम्पनीको पुँजीभन्दा क्षतिपूर्ति मागदाबी बढी भएपछि भन्दै नेटवर्किङ कम्पनीकै मालिकको पक्ष लिई सो उजुरीलाई विभागले अनुसन्धान नै नगरि निस्कृय बनाएर फालि दिएको छ । सो कार्यमा विभागका महानिर्देशक प्रकाश पौडेलले कुनै चासो नदिई सामान्य औपचारीकता पुरा गरि उजुरीलाई निस्कृय बनाउन निर्देशन दिएको समेत आरोप विभागकै कर्मचारीले लगाएका छन् ।

सो सम्बन्धमा विभागका महानिर्देशक पौडेलसंग पटकपटक सम्र्पक गर्दा उनी बेस्त भएको भन्दै फोन सम्र्पकमा आएनन् । विगदमा पनि ठगी गरी करोडौ रुपैयाँ संकलन गरेकै समुहले फेरि तिनै कम्पनीहरूमा संलग्न व्यक्तिले आफ्नो वा परिवारका नामबाट नयाँ कम्पनी दर्ता गरेर ठगीधन्दालाई निरन्तरता दिएको पाइएको छ । इजाजत पाएका कम्पनीमा विगतमा नेटवर्किङ धन्दामा संलग्न व्यक्ति रहेको पाइएपछि तत्कालिन समयमा संसदीय समितिले समेत चासो देखाएको थियो । तर विभागले इजाजत पाएका कम्पनीहरू विगतमा नेटवर्किङ धन्दामा संलग्न भए/नभएको अध्ययननै गरेन ।

विभागका अनुसार हालसम्म कागजात जफत गरिएका ९ कम्पनीमध्ये केहीले बिक्री मूल्य उपलब्ध गराए पनि खरिद मूल्य भने दिन सकेको छैन । कागजात नियन्त्रणमा लिएका कम्पनीमध्ये आइबोस नामक कम्पनीमा ३ जना सञ्चालक रहेका छन् । उनीहरु विगतमा ग्रिन बुटी ब्रान्डको नाममा कारोबार गरेर ठगीधन्दा चलाउदै आएको पाइएको छ । सो कम्पनी श्रीमती सरिता गुनीको नाममा आइबोस ग्लोबल इन्टरनेसनलको इजाजत लिएका पाइएको छ ।

सो कम्पनीको सञ्चालकमा प्रहरी सेवाबाट अवकाश पाएका पूर्वएआईजी हेमन्तबहादुर पाल रहेका छन् । आइबोसका अर्का सञ्चालक श्रीबल्लभ नेपाल नामका व्यक्ती रहेका छन् । उनीपनि हर्बो नामक कम्पनीबाट सबैभन्दा बढी ग्राहक ठगी गर्ने मध्येका एक हुन । केयर मार्ट्स इन्टरप्राइजेजमा पासाङ लामा, सरला लामा, दिनेशप्रसाद अधिकारी र दलबहादुर सारु नाम गरेका व्यक्ती सञ्चालक रहेका छन् । सञ्चालक पासाङ लामा पुरानै कम्पनीमा काम गरिरहेका नेटवर्क लिडर हुन ।

यु टर्न इन्टरनेसनल प्रालिमा सञ्चालक बलराम सुवेदी, सुवास केसी र अर्जुन गिरीरहेका छन् उनीहरुले विगदमा ईएमआई (नेटवर्क) भनिने पुरानै कम्पनीको टिमले नै यु टर्नको नाममा नयाँ कम्पनी दर्ता गरेको पाइएको छ । अपि लाइफ इन्टरनेसनल प्रालिका सञ्चालकमा रामबहादुर बिसी, उपबहादुर पाइजा पुन, लेपबहादुर पुर्जा पुन र सन्देश खड्का रहेका छन् । केयर नेसन इन्टरनेसनल प्रालिका बिनिता गुरुङ, रुद्रबहादुर न्यौपाने, फणीराज लोहनी, कैरव अधिकारी, खगेन्द्र दाहाल र विष्णुप्रसाद काफ्ले नाम गरेका व्यक्ति सञ्चालकका रुपमा रहेका छन् । लोहनी युनिटीको लिडर रुपमा रही ठगी गर्नेमध्ये एक हुन ।

WRITE COMMENTS FOR THIS ARTICLE