निषेधाज्ञामा बैंकले जरिवाना नलिन राष्ट्र बैंकको निर्देशन

 

काठमाडौं ।

निषेधाज्ञाको अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी अथवा अतिरिक्त शुल्क नलिन वित्तिय संस्था तथा बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यसैगरी कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने समेत राष्ट्र बैंकले बताएको छ । यस्तै स्वास्थ्य प्रदायक उद्योग संचालनका लागि बैंक तथा वित्तिय संस्थथाहरुबाट कर्जा उपलब्ध गराउने पनि राष्ट्र बैंकले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE