निषेधाज्ञाको समयमा भन्सार कर्मचारी र व्यापारीको सेटिङमा मोबाइल सेट आयात

काठमाडौं । विश्वमा कोरोना भाइरसका कारण अत्याबश्यक बस्तु बाहेकको कुनै पनि उद्योगधन्दा सञ्चालन नभएको अबस्थामा समेत नेपालमा सरकारी निकायकै कर्मचारीको सेटिङमै विलासिता बस्तुको आयातमा उच्च विन्दुमा पुगेको छ । नेपाल सरकारले पनि अत्याबश्यक बस्तुको मात्र आयात गर्न पाउने गरि लगाएको लकडाउन र निषेधाज्ञाकै विचमा करोडौ मुल्यका मोबाइल सेटहरु नेपाल भित्रिएको तथ्याङक फेला परेको छ ।
आफुलाई उच्च घरानीया कक्पनीकै सञ्चालक हुँ भन्दै सरकारी अनुदान लिदै कर छली गर्दै आएका व्यक्तीहरुकै संलग्नतामा अबैध रुपमा मोबाइल सेट भित्राएको भेटिएको छ । कोरोना महामारीको असहज अवस्थामा आर्थिक वर्ष २०७७/२०७८ मा मोबाइल बिक्रेता व्यवसायी मालामाल हुन पुगेका छन् भने करोडौ रुपैयाँ राजश्व भने छली भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको कोरोना कहरबीचमै सो अबैधधन्दा नै चलेको थियो ।
मोबाईल बिक्री गर्ने पसलका सञ्चालकहरुले भने के कतिको सेट बिक्री भयो त्यो भने खुलाइएको छैन भने । उता भन्सार विभागले समेत कति मुल्यको सेट आयात भयो र कुन प्रकृयामा भयो भन्ने बरोमा पनि केही बोलेको छैन । गत आव २०७७/२०७८ को असार मसान्तसम्ममा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल सेट आयात भएको थियो । गत आवको एक वर्षको अवधिमा कुल ७० लाख ३० हजार ३ सय ६६ थान मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागको तथ्याङकमा उल्लेख भएपनि सो भन्दा बढीको मात्रामा कर्मचारीकै सेटिङ मिलाएर सेट आयात गरेको भेटिएको छ ।
विभिन्न मुलुकबाट औपचारिक माध्यमबाट नेपाल भित्रिएका सो संख्याको मोबाइल सेट आयातबाट गत आवमा सरकारले मोबाइल आयातबाट मात्र ६ अर्ब रुपैयाँको भन्सार संकलन गरेको थियो । तर यस पटक भने कर्मचारीको सेटिङबाटै भन्सार छली गरि सेट भित्राएका कारण भन्सार राजश्व कतिले संकलन भयो भन्नेबारे केही बोल्न चाहेको छैन । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकको आधारमा अघिल्लो आव २०७६/२०७७ को तुलनामा गत आव २०७७/२०७८ मा दोब्बर मूल्यबराबरको मोबाइल सेट आयात भएको खुलेको छ ।
यो अवधिमा नेपाल भित्रिएका मोबाइल सेटको संख्या पनि अघिल्लो आवको भन्दा गत आवमा २७ लाख थानभन्दा बढी भित्रिएको भन्सार विभागले तथ्याङकबाट खुलेको छ । अघिल्लो आव २०७६/२०७७ मा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रुपैयाँबराबरको ४३ लाख ६५ हजार ९ सय ९० थान मोबाइल सेट आयात भएको थियो । गत गत आर्थिक वर्षमा विगतका वर्षहरूको भन्दा धेरै मोबाइल सेट, ल्यापटप र ट्याब्लेट आयात भएको विभागले जनाएको छ ।
कोरोना महामारी सुरु भएदेखि विस्तारै सुरु भएको शैक्षिक गतिविधि अहिले पनि भर्चुअल माध्यमबाट भइरहेकाले मोबाइल सेटको माग उच्च रहेको सम्बन्धित मोबाइल बिक्रेताहरुको भनाइ रहेपनि ति सेट भने बढीमात्रामा अबैधरुपमा भित्रिएको छ । यसरी भित्राइएका सेटहरुलाई नेपालका व्यापारीहरुले आफुखुशी मुल्य निर्धारण गरेर बिक्री गरिदै आएको छ । विभागको तथ्यांकअनुसार अघिल्लो आव २०७६/२०७७ मा सरकारले मोबाइल आयातबापत २ अर्ब ८७ करोड ९१ लाख ४२ हजार रुपैयाँ मात्रै भन्सार महसुल संकलन गरेको थियो ।
कोरोना महामारी नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञाकै बीच बजारमा मोबाइल सेटको बिक्रीमा अत्याधिक मात्रामा बढ्न गएको थियो । गत असारको एक महिनाको अवधिमा मात्र सरकारले ४३ करोड ६२ लाख २७ हजार रुपैयाँ मोबाइल सेट आयातबाट भन्सार संकलन गरेको भन्सार विभागले जनाएको छ । सरकारले अवैधानिक रूपबाट आउने मोबाइल सेटको आयातमा समेत केही कडाइ गरेपनि व्यापारी र भन्सार कर्मचारीको सेटिङबाटै विना भन्सार छुटाउदै आएका छन् ।
सोही कारण भन्सार महसुलमा सामान्य बृद्धि देखाएर करोडौ मुल्यको सेट विना भन्सार छुटाइएको कारण विगतका वर्षहरूको तुलनामा निकै बढेको छ । नेपालमा अबैधरुपले चिन र भारतबाट मोबाइल सेट भित्रने गरेको छ । एकवर्षको अवधिमा विभिन्न मुलुकबाट आयात भएका मोबाइल फोनमध्ये गत आव २०७६/७७ मा सबैभन्दा धेरै मोबाइल सेट चीनबाट भित्रिएको विभागको तथ्याङकमा समेत उल्लेख छ ।
सो अवधिमा २२ अर्ब ८३ करोड रुपैयाँबराबरको ५७ लाख ७५ हजार थान मोबाइल सेट चीनबाट भित्रिएको छ । भारतबाट १२ अर्ब ५० करोड रुपैयाँबराबरको १० लाख थान मोबाइल सेट भित्रिएको छ । भियतनामबाट १ अर्ब २६ करोड रुपैयाँबराबरको ४ लाख थान मोबाइल सेट भित्रिएको तथ्यांक विभागसँग छ । नेपालमा अमेरिका, युरोपदेखि खाडी मुलुकबाट पनि मोबाइल सेट भित्रिने गरेको छ । भने अधिकाशं मोबाइल सेट सिंगापुर, मलेशिया र भारत हुदै चिनबाट नेपाल आउनेलाई बोकाएर व्यापारीहरुले ल्याउने कार्य समेत गर्दै आएका छन् ।
अबैध मोबाइलको कारोबार यहाँ हुन्छ
राजधानी काठमाडौंको मुख्य मोबाइल बजार ताम्राकार हाउसकै पसलेले भन्सार छलेर ल्याएको मोबाइल र मुल्य अभिबृद्धि कर (भ्याट) बिल नदिन कारोबार हुदै आएको छ । उनीहरुको धन्दा यस्तो छ कि जुन सुकै ब्रान्डका मोबाइल पनि भन्सार छली गरेर चोरीको बाटो नेपाल भित्राउदै आएका छन् । नाम चलेको विश्व प्रख्यात एप्पल कम्पनीका आइफोन इलाभेन र आइफोन टुबेल प्रो म्याक्स, सामसुङ, ओपो, भिभो, एमआई लगायत सबै कम्पनीका मोबाइल चोर बाटो प्रयोग गरी नेपाल ल्याउने रहेछन् ।
नेपालमा २५ भन्दा बढी विभिन्न कम्पनीका मोबाईल बजारमा जताततै पाईन्छन । बजारमा साधारण फोन उठाउन मिल्नेदेखि लिएर गेम खेल्ने, भिडियो हेर्ने, फोटो खिच्ने, रेडियो सुन्नेलगागतका विविध काम गर्ने मोबाइल पाइन्छन् । हाल नेपालमा सस्तोमा १ हजार रुपैयाँ देखि ३ लाख रुपैँयासम्मको मोबाईल फोनहरु किनबेच हुने गरेको छ । यसरी बजारमा किनबेच भईरहेका मोबाईल फोनहरु आधा भन्दा बढी अबैधरुपमा नेपाल भित्रीने गरेका छन । नेपालमा नयाँ नयाँ मोबाइल आयात भन्सारको तथ्यांक भन्दा पनि धेरै रोजगारीमा गएका नेपाली, विदेश भ्रमणमा गएका व्यक्तिका साथै अध्ययनका लागि विदेशिएका नेपालीबाट मोबाइलको आयात बढ्दो क्रममा रहेको छ ।
हाम्रो देशमा मोबाइल फोन बन्दैन तर लेटेस्ट भर्सन र ब्राण्डेड महंगा महंगा फोन नेपाली बजारमा जताततै बिक्रीकालागि राखिएको हुन्छ । सरकारले अवैध मोबाइल आयात रोक्ने प्रणाली स्थापना गर्न भनेपनि सो कार्यान्वयन नहुदाँ अबैध सेटको बिक्रीमा बृद्धि भएको छ भने राजश्वमा छली हुदै गएको छ । नेपालमा पछिल्लो समय सामसुङ, एमआई, ओप्पो, भिभो ब्रान्डकै स्मार्टफोनको दबदबा कायम छ । नेपालमा मासिक आयात हुने १० लाख मोवाइल सेटमध्ये २ लाख ५० हजार सेट अवैध हुने गरेको छ । अवैध बाटोबाट ल्याएर बजारमा पु¥याइएका यी मोवाइलको बिक्रीले सरकारको राजस्वमा मासिक ८ अर्व घाटा भएको छ ।
ताम्राकार हाउस लगायत न्यूरोडकै पसलहरुमा रहेका व्यापारीले ग्राहकलाई एउटै मोबाइलको दुईथरि मूल्य बताउने गरेका छन् । व्यवसायीले ग्राहकलाई दुई ओटा अप्सन दिने गरेका छन् । एउटा एप्पल कम्पनीको आईफोन टुबेल प्रो म्याक्सको मूल्य २ लाख १५ हजार ५ सय रुपैयाँ तिर्ने हो भने त्यही मोडलको फोन अर्को पसलमा १ लाख ८५ हजार रुपैयाँमै बिक्री गरिदै आएको छ । तस्करी गरेर नेपाल भित्रिएको मोबाइल १३ प्रतिशत भ्याट र पाँच प्रतिशत भन्सार पनि तिर्न नपर्ने र त्यति नतिर्दा नेपालमा वैध बाटोबाट भित्रिने मोबाइलभन्दा धेरै सस्तो पर्ने उनै तस्करहरुले स्वीकार्दै आएका छन् । ताम्राकार मात्रै होइन नयाँ नयाँ मोबाइल हबको रुपमा स्थापित हुँदै आएका कम्प्लेक्समा तस्करी भएर भित्रिएका मोबाइल छ्यास्छयास्ती पाइन्छन् ।
कर्मचारीसँग सेटिङ मिलाएर एयरपोर्ट र केरुङ नाकाबाट धमाधम मोबाइल भित्रिँदै आएका छन् । तर यसरी भित्रीयका मोबाइल खुलेयाम किनबेच भईरहदा बजार अनुगमन र नियन्त्रणको जिम्मा पाएको बाणीज्य विभागले भने नत अनुगमा गरेको छ । न मोबाइल तस्करी गरेर धन्दा चलाउने कसैलाई कारवाही नै गरेको छ ।कम्पनीले दिएको नाफा भन्दा तस्करबाट भित्रिएको मोबाइल बेच्दा धेरै नाफा हुने र हिसाबकिताब पनि नराख्नु पर्ने भएपछि तस्करी भएर भित्रिएको मोबाइल बेच्न व्यवसायी लागिपरेका छन् ।
वैध बाटो बाट नेपाल भित्रिएको मोबाइल बेच्दा व्यवसायीलाई पाँचदेखि १० प्रतिशतसम्म कमिसन आउँछ । तर, तस्करी भएर आएको मोबाइल बेच्दा एउटै मोबाइलमा ३० प्रतिशत भन्दा बढी नाफा हुने गरेको पाइन्छ । सरकारले मोबाइलमा उपलब्ध गराउँदै आएको भ्याट फिर्ता खारेज र थप पाँच प्रतिशत मोबाइलमा भन्सार लगाएपछि तस्करी बढ्दा राज्यको अर्बौ रुपैयाँ राजस्व गुमेको छ । एयरपोर्ट तथा भनसार नाकाका कर्मचारीसँग मिलेर नेपालमा मोबाइल भित्र्याउने र त्यसबापत तिर्नुपर्ने कर केही नतिर्ने गरेका छन । सरकारले अनुगन नगरेकै फाईदा उठाउदै अबैधधन्दाले प्राथमिकता पाएको छ । प्रहरीले हानेको रेड बाट यदाकदा तस्करी गरेर ल्याएको मोबाइल बेच्ने कर्मचारीलाई पक्राउ गरेर सामन्य कारवाही मात्रै गरेर छोड्ने गरेको छ । तर तस्करी गर्ने गिरोहका मालीकलाई पक्राउ गरेर कारवाही गरेको रेकर्ड अहीले सम्म सरकारी तथ्यांकमा छैन ।
WRITE COMMENTS FOR THIS ARTICLE