निर्वाचन आयोगले गर्यो निर्वाचनका सबै कार्यक्रम रद्द

काठमाडौँ ।
निर्वाचन आयोगले निर्वाचनका सबै कार्यक्रम रद्द गरेको छ । सर्बोच्च अदालतले प्रतिनिधिसभाको पुनस्थापना गरेसँगै आयोगले निर्वाचनका सबै कार्यक्रम रद्द गरेको हो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी आगामी कार्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा गरेसँगै आयोगले निर्वाचनका कार्यक्रम अगाडी बढाएको थियो ।
उक्त मितिमा निर्वाचन गराउनका लागि आयोगले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको थियो ।गत सोमबार प्रतिनिधिसभा पुनस्थापना भएपछि आयोगले निर्वाचनका सबै कार्यक्रम रद्द गरेको हो ।
WRITE COMMENTS FOR THIS ARTICLE