देउवाद्धारा फेरि सभापतिमा उठ्ने उद्घोष

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू फेरि सभापतिमा उठ्ने संकेत दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गर्ने केन्द्रीय समितिले अनुमोदन गरेलयत्तै सभापति देउवाले फेरि सभापतिमा उठ्ने संकेत दिएका हुन् ।

सभापति देउवाले प्रदेश एकका केन्द्रीय सदस्यहरुलाइृ आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर छलफल गर्ने क्रममा आफू फेरि सभापतिमा दोहोरिने बताएका हुन् ।

उनले छलफलका क्रममा आफ्नै नेतृत्वमा संविधान कार्यन्वयन भएको र निर्वाचनमा पनि लोकप्रिय मत हासिल गर्न सफल भएको बताउँदै अब आफ्नै नेतृत्वमा पार्टि र देशलाई हाँक्ने पनि बताएको बुढानिलकण्ठ स्रोतले जनाएको छ ।

उनले आफ्नै नेतृत्वमा सबै भन्दा ठूलो पार्टी गराउने पनि दाबी गरेको जनाइएको छ ।छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा। डीला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए । उनले यस्तै गरी सातै प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने पनि कार्यक्रम राखेको स्रोतले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE