जसपा विवाद समाधानका लागि निर्वाचन आयोगद्वारा ईजलास गठन
काठमाडौं ।
जनता समाजवादी पार्टी(जसपा)को विवाद समाधानका लागि निर्वाचन आयोगले इजलास गठन गरेको छ । बुधबार आयोगका पदाधिकारीको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको संयोजकत्वमा पाँच सदस्ययि इजलास गठन गरेको छ ।
साथै आगामी साउन ३ गते यस सम्बन्धी सुनुवाइ हुने आयोगले जनाएको छ । उक्त दिन जसपाका दुबै पक्षलाई बोलाएको छ । यदी कानुन व्यावशायी राख्ने भए लिएर आउन पनि भनेको छ ।
दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार उपेन्द्र यादव पक्षले दलको आधिकारिकता पाउनको लागि आयोगमा निवेदन दिएपछि दुबै समुहलाई बोलाएर मंगलबार गरेको छलफल असफल भएपछि इजलास गठन गरेको हो । र अव सुनुवाइ प्रकृयाबाट विवाद समाधान गर्ने आयोग स्रोतले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE