जसपाको तटस्थताले ओलीले प्रधानमन्त्री पाए- मधेसले के पायो के गुमायो ?
-केदार सुवेदी
समयले कसैकसैलाई कस्तोसम्म अवसर दिदोरहेछ भने इतिहासमा स्वर्ण अक्षरले नाम लेखाउने काम गर्न पाइँदो रहेछ । तर त्यो अवसर चुक्यो भने त्यही उसको टाउकोमा बज्रने घन बन्दो रहेछ ।
यतिबेला तराई-मधेस केन्द्रित दलका नेताहरुका सामु इतिहास बनाउने समय आएको र त्यसलाई उपयोग गर्न नसक्दा तराइ- मधेसले नै उनीहरुमाथि यस्तो किन भयो भनी प्रश्न सोधिरहेको अवस्था छ । खासगरी यो पश्न जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर प्रति तेर्सियो यो पटक ।
अदालतले सत्तारुढ दललाई विभाजन गरेपछि फागुन २३ का दिन यता मधेस केन्द्रित दल जसपा सत्राको चाबीवाला दल भएकोे थियो । विगतको इतिहास छ , सानो भएपनि संसदमा त्यो सख्या निर्णायक छ भने त्यसले देशको नेतृत्व गरेको छ ।
यतिबेला देशले एमालका अध्यक्ष केपी ओलीको विकल्प खोजेको भन्ने संसदमा उनले आफनो पक्षमा पाएको एकतिहाई मत ले नै देखायो । उनी दुईतिहाइका प्रधानमन्त्रीबाट झर्दै यो दिनसम्म एक तिहाईमा आइपुगेछन । यही बीचमा ओलीको विकल्प खोज्ने वातावरण ओलीले नै दिए र यो सन्दर्भमा नेतृत्व खोज्ने वातावरण पनि बन्न थाल्यो । जसपाका प्रथम अध्यक्ष ठाकुरको भूमिका खासगरी नेतृत्वका लागि पनि प्रारम्भ भयो ।
प्रधानमन्त्री ओलीले बैशाख अन्तिममा आंफुमाथी संसदको विश्वास छ भन्ने प्रस्तावका लागि विशेष अधिवेशन नै आह्वान गरे। यो जरुरत थिएन । नियमित अधिवेशनमा पनि सम्पन्न हुने थियो तर त्यही कामका लागि विशेष अधिवेशन बोलाइयो जुन नयाँ नेतृत्वका लागि बिशेष अवसर नै थियो ।
सवाल हो यो अवसरलाई यो ठाउँमा चर्चा गरिएको र निर्णायक मानिएको वा रहेको शक्ति वा नेतृत्वले यो अवसरलाइ ग्रहण गर्न सक्यो कि सकेन ।
ओलीको आफुमाथि संसदको विश्वास छ भन्ने प्रस्तावमा उनका आफनै सांसदले साथ दिएनन । सामुहिक रुपले नै ह्वीपको पनि उल्लंघन भयो । तर अवस्था कस्तो आयो भने प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीको पद यसले झन सुरक्षित गरायो । कारण थियो मधेस केन्द्रित दल र त्यसभित्रका नेता थिए महन्थ ठाकुर ।
ओलीले आफुृभन्दा निकै सानो र त्यसमा पनि फरक मत रहेको यही मधेस केन्द्रित दलका नेतातहरुबाट प्रधानमन्त्रीको पद पुरस्कारका रुपमा पाए । ठाकुरको समूह उनको नेत्वमा तटस्थ नवसेको भए ओली प्रधानमन्त्री हुने थिएनन ।
यता यस्तो अभ्यास चलिरहँदा उता मधेस केन्द्रित दलका नेताहरुको आफुलाइ नै मेटाएर अरुकसैलाई सजिलैसंग सत्तारुढ गराउने यस्तो कामकुरा किन र कसरी भयो भन्ने प्रश्न मधेसमै उठ्यो । कारण थियो मधेसका नेताहरुले आफनो हातमा आउन लागेको देशको नेतृत्व गर्ने ऐतिहासिक अवसर छाडनु र अरुलाई प्रधानमन्त्री बनाउन जे गर्दा वा भनिँदा सम्भव हुन्छ त्यो गरिनु । यो ठाउँमा निर्णायक संख्या रहेको समुह कतै नलाग्दा ओली संविधानको अर्को धारा अनुसारको प्रधानमन्त्री बन्नेवाला थिए । भयो त्यस्तै र यता यो चरणमा मधेसकेन्द्रित दलले नेतृत्व गर्ने अवसरका चर्चासमेत समाप्त भयो जसको कारण पनि त्यही तटस्थता नै थियो ।
यसअघि त्यसबेला जसपाले नेतृत्व गरोस भनी प्रस्ताव भएकै हो । प्रधानमन्त्री सहित विपक्षी दलका नेताहरु पौडेल, देउवा, प्रचण्ड आदिले यस्तो भनेकै हुन । रामचन्द्र त यो प्रस्ताव लिएर ठाकुरका घरमा पुगेका पनि हुन । तर ठाकुरले भने यो प्रस्ताव आफैले ठुकराए । किन ? मधेस यतिबेला यो प्रश्नको उत्तर खोज्दैछ ।
यसले नै थप बुझाउंछ- मधेसबाट पहिलोपटक यो देशमा प्रधानमन्त्रीको अफर आएको थियो । तर प्रधानमन्त्री ओलीका पक्षमा तटस्थ बसेर विपक्षीमोर्चाको बहुमत पुग्न नदिन निकै नै कठोर प्रकारको द्वारपालको भूमिका निर्वाह भयो यो दलको एउटा पक्षबाट । यसमा खासगरी नेतृत्व लिनोस भनिएकै मधेस केन्द्रित दल भनी चिनिने जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुरले यसलाई ठुकार निर्ममतापूर्वक नै हुनेगरी । विपक्षी मोर्चाबाट प्रस्तावित प्रधानमन्त्री हुनुहुन्थ्यो ठाकुर । शर्त थियो- ओलीको विकल्प । तर यो नेतृत्वले ओलीको विकल्प खोज्नै मानेन ।
यो कस्तो थियो भने एमालेका २८ जनाले अनुपस्थित जनाएर प्रधानमन्त्री ओलीले मागेका विश्वासको मत नदिएको कुरालाई पनि मत्थर पार्ने खालको रह्यो । विपक्षी मोर्चामा बहुमतको अर्को सरकारका लागि कुनैपनि रत्तिभर शंका र दुविधा नरहेको अवस्थामा बैकल्पिक सरकार नबन्ने कतै गुञ्जायसै थिएन । तर त्यही भयो । अव अनुमान गरौं यो मौकाकोउपयोग भयो कि दुरुपयोग । खासगरी मधेसको राजनीतिका लागि यो प्रश्न सधैँ खडा भैरहनेछ र नेतृत्वले जवाफ दिइरहनुपर्ने छ ।
यो चरणमा मधेसका लागि प्रधानमन्त्री पहेली जस्तो कतिखेर बन्यो भने अरुले ठाकुर ठाकुर भनिरहे भने ठाकुरले चाहिँ ओलीओली । आंफु प्रधानमन्त्री हुँदा ओलीको प्रधानमन्त्रीत्व जाने पक्का थियो । ठाकुरले आंफु मेटिएर पनि त्यसो हुन दिएनन ।
यतिबेला मधेसमा आम तहमा उठेको प्रश्न नै यही हो – यस्तो किन भयो ? ओलीबाट मधेसका सबैमाग पुरा हुन्छन भन्ने तर्क छ यो पक्षको । फेरी पनि प्रश्न निरुत्तरित नै कहाँ नेर रह्यो भने आफना माग पुरा गर्ने ठाउँमा आंफै पुगिन्छ भने त्यो अवसर किन उपयोग नगर्ने ?
मधेसका नेताहरु अवसर गुमेपछि आफनो हैसियत सम्झिने गरेका कारण मधेस सधैँ पछि परेको भन्नेपनि यतिबेला आरोप लाग्न थालेको छ ।
जव आफनो नेतृतत्वमा सरकार बनाउने निर्विकल्प जस्तै अवसर चुकेपछि लगत्तै यो दलबाट निर्णय भयो –मौका पाए जसपाकै नेतृत्वमा सरकार बनाउने भन्ने ।
पछिल्लो समय यो दलका दुई अध्यक्ष द्वारा जारी विज्ञप्तिमा पार्टी प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने उल्लेख छ । राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा नेतृत्व लिन पछि नहट्न, प्रधानमन्त्री ओलीले फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको र विश्वासको मतसम्बन्धी प्रस्तावलाई असफल गराउने कुरा यो विज्ञप्तिमा परेका छन । तर पहिले जस्तै यो बीचमा संसद अपहरित भयो भने ? उत्तर यो दलका नेताहरुसंग पनि नहोला । यो ठांउमा मधेसका प्रतिनिधिपात्रका प्रतिकृया सान्दर्भिक हुन्छ ।
मधेस राजनीतिका विश्लेषक एवं वरिष्ठ पत्रकार चन्द्रकिशोर ः
लामो समयदेखि राजनीतिमा उकुस–मुकुस थियो, त्यसले कतै न कतै झट्का पार्दथ्यो, जसपालाई पार्यो ।पूर्वसमाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण हुनुपर्छ भन्ने मधेशको माग थियो तर जुन परिस्थितिमा एकीकरण भयो, त्यो अस्वाभाविक भएकाले त्यसको असर अहिले देखिइरहेको छ जसपाले अझै पनि आफ्नो धरातल र आफ्नो पहिचान बनाउन सकेन, जहिले पनि अर्काकै लागि लडेर समाप्त भयो ।
मधेस मामिलाका जानकार एवं पूर्वराजदूत विजयकान्त कर्ण ः
ओलीलाई पुनः प्रधानमन्त्रीमा फर्काउनु नेपाली राजनीतिमा धेरै ठूलो भूल भयो । संसदमा जसरी ओली असफल भएका थिए, त्यसलाई दलहरुले निरन्तरता दिनुपथ्र्यो । तर, त्यसमा चुकेको अवस्था छ । जसपाका अध्यक्ष महन्थ ठाकुरबाट ठूलो भुल भएको छ । महन्थजीलाई लाग्दैछ कि प्रधानमन्त्री ओलीले हाम्रा सबै माग पूरा गरिदिनुहुन्छ । तर, मलाई त्यस्तो लाग्दैन, केही मुद्दाहरु फिर्ता भए, तर रेशम चौधरीको रिहाइ, संविधान संशोधन, नागरिकता लगायतका माग पूरा गर्न ओलीले सक्नुहुन्न र उहाँले गर्न पनि चाहनुभएको छैन । यो खेलमा सबैभन्दा बढी एमालेलाई फाइदा भएको छ । त्यसपछि काँग्रेस र माओवादी केन्द्रलाई । तर, जसपा समस्यामा परेको छ ।
राजनीतिक विश्लेषक तुलानारायण साह ः
यो खेलका कारण जसपा विभाजनको अवस्थामा पुगेको छ । सबैभन्दा बढी विवाद एमालेमा थियो, माधव नेपाल पक्षका सांसदहरु राजीनामा दिने अवस्थामा पुगिसकेका थिए, अर्को दल दर्ता गराउने कुरा पनि आइसकेको थियो । तर, एमाले एकीकृत भयो, जसपामा विभाजन आयो ।नेपालको पछिल्लो राजनीतिमा जे–जस्तो भयो, त्यो अन्तराष्ट्रिय चासोका कारण भएको कुरा कसैबाट लुकेको छैन ।
WRITE COMMENTS FOR THIS ARTICLE