जनमोर्चाका सांसद कृष्ण थापा पार्टीबाट निष्कासित
काठमाडौं ।
राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित सांसद कृष्ण थापा पार्टीबाट निष्कासित भएका छन् ।उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको छ ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा थापालाई पार्टी निष्काशन गरेको पत्र आएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराए ।पार्टीको नीति विपरीत पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाइृ साथ दिएको भन्दै उनलाई पार्टीले साधारण सदसयसमेत नरहने गरी निष्काशन गरेको हो ।
गण्डकी प्रदेशमा ६० संसद सदसय रहेकोमा थापालाई पार्टिले कारबाही गरेपछि अब ५९ सदस्य मात्र रहेका छन् ।जनमोर्चाले एमाले बाहेकको सरकार बनाउने बताए पनि सांसद थापाले कांग्रेसलाई मुख्यमन्त्री बनाउनको लागि चलाइएको हस्ताक्षरमा सहभागी नहुने बताएपछि पार्टीले कारबाही गरेको हो ।
WRITE COMMENTS FOR THIS ARTICLE