चैतभित्र सबै नागरिकलाई खोप : देउवा मन्त्रिपरिषदको पहिलो निर्णय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार राति बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चैत्रभित्र सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको छ ।
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसेको हो।
आजै सरकारको प्रवक्ता तोकिएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै उक्त कुरा बताएका हुन् । उनका अनुसार सरकारले अग्रपंक्तिमा खटिएकालाई एक साताभित्र भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारमा पुगेर पदबहाली गरेलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE