चीनमा थुनिएको नदीको कारण तामाकोशीमा बाढीको जोखिम
काठमाडौँ – चीनमा हावाहुरीसहित एक्कासी परेको भारी वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोक्न तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने जोखिम कायम रहेको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो । शनिबार बिहानसम्म अवस्थामा उस्तै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताएका छन् ।
उनले भने, ‘हामी चीनका अधिकारीसँग निरन्तर सम्पर्कमा छौँ । पहिरोका कारण धुनिएको नदीको बहाव अहिलेसम्म खुलेको जानकारी छैन । यता तामाकोशीमा पनि पानीको बहाव स्थिर छ । तर जोखिम कायम रहेकाले सचेत भने रहिरहन अपील गर्छौँ । नयाँ केही थाहा हुने वित्तिकै हामीले सूचना जारी गर्ने छौँ ।’
नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टीको रोङ्गसीया शहर र त्यसआसपासमा भारती वर्षासँगै पहिरो जाँदा स्थानीय नदीको प्रहार रोकिएको हो । थुनिएको नदीको बहाव कुनै पनि बेला खुलेर तामाकोशी नदीमा बाढी आउन सक्ने जोखिम छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाल–चीन सीमा नजिकका बस्तीसहित तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम कायम रहेको बताए ।
WRITE COMMENTS FOR THIS ARTICLE