घले दम्पत्तीद्धारा तीन करोडको स्वास्थ्य सामग्री प्रदान

काठमाडौं।
विगत लामो समयदेखि अष्ट्रेलियमा बसेर व्यावशायसँगै समाजसेवा गरिरहेका गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङले नेपालका नेपालका कोरोना संक्रमित उपचारका लागि तीन पछिल्लो समय तीन करोड बराबरको स्वास्थय सामग्री सहयोग गरेका छन् ।
समाजसेवी शेष घले र जमुना गुरुङद्वारा स्थापित एमआईटी ग्रुप फाउण्डेसनले नेपालका कोरोना संक्रमितको उपचारका लागि २२० थान अक्सिजन कन्सन्ट्रेटर खरीद गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
गत वर्ष पनि फाउण्डेसनले तीन करोड रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । फाउण्डेसनले योसहित ६ करोट बराबरको स्वास्थय सामग्री सहयोग गरेको छ । लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आए पनि नेपालमा बेला बेलामा आइ परेका विपत कोरोना महामारी,भुकम्प,नाकाबन्दीलगायतमा पनि फउण्डेसनको माध्यमबाट सहयोग गर्दै आइरहेका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE