गरिबले पनि राजनीति गर्न सक्ने अवस्था आउनुपर्छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा व्यापक रूपान्तरण आवश्यक भएको बताएका छन ।
महामन्त्री पदमा उठ्ने घोषणा गरेका शर्माले झापाबाट भने, ‘राजनीतिमा अब रूपान्तरण जरूरी भइसक्यो।’
नेपालमा राजनितिक परिवर्तन भएपनि राजनितिमा परिवर्तन नभएको हुंदा त्यो अब आवश्यक भएको कुरा बताएका छन ।
उनले व्यवस्था ठिक भएको र अवस्था परिवर्तनका लागि लाग्नुपर्ने बताए। ‘राजनीतिमा रूपान्तरण गर्न मैले केही प्रस्ताव गरेको छु,’ उनले भने, ‘राजनीति उज्यालो नभई अरूलाई प्रकाश दिन सक्दैन।’

उनले राजनीति रूपान्तरण गर्न विभिन्न २४ बुँदा अगाडि सारेका छन् जसमा राजनीतिमा आकर्षण हुनुपर्नेजस्ता कुरा छन्। निर्वाचन खर्चिलो भएकोले गरिबले पनि राजनीति गर्न सक्ने अवस्था हुनुपर्ने उनी बताउँछन्।

शर्माले कांग्रेसको १४ औं महाधिवेशनका लागि गत भदौ २४ मै बिपी जयन्तीका दिन सुन्दरीजलबाट महामन्त्री पदमा लड्ने घोषणा गरेका थिए। उनले परिवर्तन अब बन्दुक राजनीतिक परिवर्तन भन्दा पनि राजनीतिमा नै परिवर्तन गर्नुपर्ने बताए।

उनले राजनीतिको कमजोरी केलाउने मात्र नभई हल निकाल्नुपर्ने बताए। त्यसले मात्र अब राजनीति बदलिने उनको भनाइ थियो।

‘अब हामी त्रुटि सच्याउने कुरामा लाग्नेछौं, कांग्रेसलाई रूपान्तरण गर्नेछौं,’ उनले भने, ‘राजनीतिमा आकर्षण हुनुपर्छ। डाक्टर, शिक्षककै जस्तो राजनीतिज्ञको पनि इमेज राम्रो हुनुपर्छ।’
उनले राजनीति दुश्मनी नभए पनि बताए। राजनीतिमा पुस्तान्तरण हुनुपर्ने पक्षमा उनी छन् तर यो व्यवस्था संविधानमै राखिनुपर्ने उनले बताए।

एकपटक प्रधानमन्त्री र चार पटक सांसदभन्दा हुन नपाउने व्यवस्था संविधानमै गरिनुपर्ने र यसो गरिए पुस्तान्तरणका कुरा गर्नै नपर्ने उनी बताउँछन्।

WRITE COMMENTS FOR THIS ARTICLE