गण्डक ब्यारेजमा पानीको सतह खतरा भन्दामाथि, २० गाउँ डुबानको जोखिममा
नवलपरासी, असार २ । पश्चिम नवलपरासीको गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेको छ ।
ब्यारेजको क्षमता ५ लाख क्यूसेक हो । अहिले पानीको सतह ४ लाख ८ हजार क्यूसेक पुगेको भूआर्जन तथा जनसम्पर्क कार्यालयका भूआर्जन अधिकारी तारासिंह थापाले जानकारी दिनुभयो ।
यारेज जीर्ण भएका कारण ४ लाख क्यूसेक कटेपछि उच्च जोखिम मानिने उहाँले बताउनुभयो ।
पानीको सतह अझै बढे बि ग्याब बांध फुटन सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको उहाँले बताउनु भयो ।
पानीको सतह बढेपछि पश्चिम नवलपरासीका २० गाउँ जोखिममा परेका छन् । जोखिम बढेपछि ब्यारेजका ३६ वटै ढोका खोलिएको छ ।
यसैबीच गण्डक ब्यारेज र अन्य खोलाहरूका कारण डुबान हुन थालेपछि स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
जोखिम क्षेत्रमा तत्काल उद्धार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनुभयो ।
WRITE COMMENTS FOR THIS ARTICLE