गणतन्त्र दिवसको औपचारिक कार्यक्रम आर्मी हेडक्वार्टरमा!

 

काठमाडौं- राजनीतिक अस्थीरता र नेपाली सेनाको भूमिका सक्रिय हुन सक्ने आशंकाको पृष्ठभूमिमा यसपटक गणतन्त्र दिवसको औपचारिक कार्यक्रम आर्मी हेडक्वार्टरमा आयोजना गरिएको छ।

शनिबार भद्रकालीस्थित आर्मी हेडक्वार्टरको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए। यसअघि गणतन्त्र दिवशको कार्यक्रम सैनिकमञ्च टुँडिखेलमा आयोजना हुँदै आएको थियो।

स्रोतका अनुसार गृह मन्त्रालयको अनुरोधमा यसपटक आर्मी हेडक्वार्टरस्थित सभा हलमा कार्यक्रम आयोजना गरिएको हो। वर्षाका कारण टुँडिखेलमा कार्यक्रम गर्न नसकिने भन्दै गृह मन्त्रालयले शनिबार सभाहल उपलब्ध गराउन नेपाली सेनालाई अनुरोध गरेको थियो।

गणतन्त्र दिवशका अवसरमा बुधबार राष्ट्रिपति विद्यादेवी भण्डारीले ४ सय ३० जना कैदीलाई बाँकी सजाय छुट दिने निर्णय गरेपछि उनीहरु जेलमुक्त हुँदैछन्।

WRITE COMMENTS FOR THIS ARTICLE