कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालहरु तयारी अवस्थामा राख्न गृहमन्त्रालयको निर्देशन

मोबाइल तथा सामाजिक सञ्जालमा फैलिएको कर्फ्यू लाग्ने सूचना गलतः गृह मन्त्रालय
काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई ध्यानमा राखी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो । सूचीकृत अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउनुपर्ने छ । यस्तै सूचीकृत अस्पतालहरुमा संक्रमितहरुको तथ्यांक÷विवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न पनि मन्त्रालयले भनेको छ ।
मासिक अद्यावधिक विवरण यकिन गरी सो अनुसार निःशुल्क उपचार भएका संक्रमितहरुको विवरण सम्बन्धित अस्पतालहरुलाई सोधभर्ना गर्ने प्रयोजनको लागि मन्त्रालयमा पठाउनुपर्ने सूचनामा उल्लेख छ । मन्त्रालयले सूचीकृत अस्पतालहरुको नियमित सुपरिवेक्षण एवं अनुगमन गर्न पनि निर्देशन दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE