काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो बनाइयो, के-के खुल्छन् ?

काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा आजदेखि केही खुकुलो बनाइएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले १४ असारसम्म निषेकाज्ञा थप गर्दै केही खुकुलो बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइएको हो ।
अब काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न पाइने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
त्यस्तै बार अनुसार पसल पनि खोल्न पाइने भएको छ । निरौलाका अनुसार आजदेखि आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म खोल्न पाइनेछ ।
यस्तै, डिपार्टमेन्ट स्टोर र फेन्सी पसलहरू भने सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म खोल्न पाइने छ । खाद्यान्न र तरकारी पसल भने दैनिक बिहान ११ बजेसम्म मात्रै खोल्न पाइने छ ।
यसअघि हार्डवेयर पसलहरू बेलुका चार बजेपछि खोल्न दिने निर्णय गरेकोमा अब भने प्रत्येक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म पसल खोल्न पाइने छ ।
के गर्न पाइन्छ ?
- सवारीसाधन चलाउन : जोरबिजोर प्रणालीमा दिने
- सुनचाँदी, भाडा र मोबाइल पसल : आइतबार, मंगलबार र बिहीबार ११ बजेदेखि ४ बजेसम्म खुल्ने
- डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरू : सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खुल्ने
- खाद्यान्न पसल : हरेक दिन बिहान ११ बजेसम्म खुल्ने
- निर्माण सामग्रीका पसल : बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने
WRITE COMMENTS FOR THIS ARTICLE