काठमाडौँ उपत्यकामा थप २०५७ जनामा कोरोना पुष्टि

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ५७ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ६ सय ३०, भक्तपुरमा १२९ र ललितपुरमा २९८ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७५ जनाको मृत्यु भएको छ।यसैगरी बिहीबार ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
गत चौबीस घन्टामा १८ हजार ५ सय ६२ पीसीआर तथा ३ हजार २ सय ११ एन्टिजेन परीक्षण भएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE