कांग्रेस क्रियाशील सदस्यता वितरणमा झमेला, धर्नाको दिनेको संख्या बढ्दै तर पार्टी नेतृत्व चुप
काठमाडौं । कांग्रेस महाधिवेशन मिति नजिकिदै जांदा विवादको केन्द्रमा रहेको क्रियाशील सदस्यताको विषयले अझै निकास पाउन सकेको छैन ।वडा अधिवेशन आउन ८ दिन बाँकी रहँदा विवाद छानबिन समितिले अन्तिम कार्यसूची तयार गर्न सकेको छैन भने तराईका अधिंकाश जिल्लाका कार्यकर्ता केन्द्रीय कार्यालयमा धर्ना तथा अनसन बस्न थालेका छन् । क्रियाशील सदस्यता वितरणमा आफूहरू अन्यायमा परेको भन्दै बाराका कांग्रेस कार्यकर्ताहरू धर्नामा बसेको ९ दिन भयो ।
पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको भन्दै वडा सभापति, विद्यार्थी नेता, क्षेत्रीय, स्थानीय तहका जनप्रतिनिधि तथा पूर्व सांसदहरू यतिवेला केन्द्रीय कार्यालय सानेपाभित्रै धर्नामा बसेका छन् । तर, क्रियाशील छानबिन समिति तथा शीर्ष नेतृत्वले एउटा कानले सुन्ने अर्को कानले उडाइरहेको छ ।
बाराबाट संविधासभा सदस्य भएका रामअयोध्याप्रसाद यादव आफूहरूले न्याय नपाए आमरण अनशसनसमेत बस्ने बताउनुहुन्छ । १५ दिनदेखि पार्टी कार्यालयमा धर्ना बस्नुभएका उहाँ लगायका नेताहरू आफूमाथि अन्याय भएको बताइरहेका छन् ।
समस्या बाराको मात्र होइन, धनुषाको पनि उस्तै छ । संविधान सभा सदस्य डाक्टर चन्द्रमोहन यादव, महासमिति सदस्य रामपल्टन यादव लगायतका नेताहरू आमरण अनसनमा बसेको पनि दुई दिन भयो । जिल्लाको ३४ वटा वडामा विवाद छ । आफू अनुकुल क्रियाशील सदस्य वितरण नहुँदा तहगत सभापतिहरूले हस्ताक्षर गरेका छैनन भने आफू इतरको नाम कटौती गरेको आरोप अनसनकारीको छ ।
बारा र धनुषा मात्र होइन, सर्लाहीका असन्तुष्ट कार्यकर्ता पनि बीपी स्मृती भवन, सानेपामा डेरा जमाएर बसेका छन् । सर्लाहीको समस्या पनि उस्तै छ । विजयकुमार गच्छदारबाहेकका क्रियाशील सदस्यहरूको सदस्यता नविकरण गर्नुपर्नेमा पार्टी सभापति मनलाग्दी गरेको नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति लक्ष्मण राय बताउनुहुन्छ ।
निर्धारित कार्यतालिका अनुसार वडा अधिवेसन शुरु हुन अब मात्र ८ दिन बाँकी छ । १० लाख क्रियाशील पुर्याएर महाधिवेसन गर्ने महत्वाकांक्षा,पार्टी समायोजनको नामम अन्य दलबाट प्रवेश गरेकालाई हचुवाको भरमा बाँडिएको सदस्यता र नेतृत्वको पेलान शैलीले अवस्था जटिल बनेको छ ।
केन्द्रीय कार्यालयमा धर्नाको दिनेको संख्या दिनप्रतिदिन बढ्दा पार्टी नेतृत्व चुप छ । आक्रोशित कार्यकर्ता छानविन सदस्यमाथि नै हातपातमा उत्रिएका छन् । छानबिन समिति भने विरोध गरेर माहोल नबिर्गान अनुरोध गर्छ ।
कांग्रेस नेतृत्वले विधान पालना गरेको भए १ वर्ष अघि नै क्रियाशील विवाद निचोडमा पुग्थ्यो । विवाद आमरण अनसनमा पुगेको छ । बर्खाको समय र नेतृत्वको उदासीनताले कांग्रेस १४ औं महाधिवेसन तालिका पूर्ण कार्यान्वयन नहुने निश्चित छ ।
WRITE COMMENTS FOR THIS ARTICLE