दलित भित्रको तपाईं ब्राम्हण महोदय !

कविता !        

 

विश्व राष्ट्रगान यात्री रामजी नेपाली

 

 

 

दलित भित्रको तपाईं ब्राम्हण महोदय !

डलरवादी “कथित दलित” महोदय !
कृपया आफ्नो आङ्गको भैंसी देख्ने गर्नुस

अन्यथा नलागोस , शुरुमै क्षमाप्रार्थी छु ।
मेरो डिक्स्नेरीमा “विभेद” भन्ने शब्दै छैन ।

कृपया आफ्नो आङ्गको भैंसी देख्ने गर्नुस डलरवादी “कथित दलित” महोदय !
जातिय द्वन्द निम्त्याउने कुनै पनि खाले गतिविधिको सदैव विपक्षमा छु ।

छुवाछुत , विभेद भन्ने कुरालाई जरै देखी निर्मुल पार्न शुरुवात पहिला आफैबाट गर्नुस , अनि बल्ल अरुलाई भन्न सुहाउँछ डलरवादी “कथित दलित” महोदय !
दमाई महोदयले नि गाईनेलाई विभेद गर्नु महाअपराध हो ।
दमाई महोदयले आजै अहिले देखी यो कुरो बुझेर विभेद गर्न छोडी हाल्नुस , बेलैमा बुद्धि पुर्याउनुस है दमाई महोदय !
दलित भित्रको ब्राम्हण महोदयलाई त म जस्तो निम्छरो ले के नै भन्न सक्छु र !

कथित दलित भनिनेहरु “सार्की , दमाई , गाईनेलाई विभेद” गर्ने नि दलित भित्रको तपाई ब्राम्हण महोदय हो !
अनी “बाहुन , नेवार , ठकुरीले हामलाई विभेद गरे” भन्ने पनि तपाई दलित भित्रको ब्राम्हण महोदय हो नै हो !!

म जस्तो दमाई हुनु पर्‍यो नि सबैलाई समान देख्ने
अनि सबैलाई सम्मान गर्ने ।

© : विश्व राष्ट्रगान यात्री रामजी नेपाली

WRITE COMMENTS FOR THIS ARTICLE