ओली सरकारविरुद्ध पाँच विद्यार्थी संगठनले आज संयुक्त विरोध प्रदर्शन गर्दै

काठमाडौँ : विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरूले आज प्रदर्शन गर्दैछन् । बिहीबार नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यबाट च्यूत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
त्यस्तै जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शनमा उत्रिन लागेको उनीहरूको दाबी छ । भौतिक दुरी कायम गरेर विरोध प्रदर्शन गर्ने बताइएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE